४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्छ- अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताउनु भएको छ ।
समाजवादी प्रेस संगठन नेपालले सोमबार काठमाडौंमा आयोजना गरेको प्रतिगमनबिरुद्धको कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमसीसी विशुद्ध आर्थिक सहयोग हुनुपर्ने बताउनु भएको हो । उहाँले एमसीसीको बारेमा सत्तारुढ ५ दलबीच छलफल गरेर साझा निस्कर्ष निकाल्ने पनि बताउनु भयो ।

अध्यक्ष नेपालले सेनासँग वा नेपालको सार्वभौम सत्तासँग एमसीसी जोडिनु नहुने बताउनु भयो । उहाँले आफूले एमसीसीको अन्तरवस्तुका बारेमा छलफल गरिरहेको र त्रुटी कमजोरी छन् भने, सच्याएर मात्रै अघि बढ्ने बताउनु भयो । अध्यक्ष नेपालले छिमेकी देशहरुमाथि कुनै किसिमबाट असर नपर्ने गरी एमसीसी अघि बढाइने बताउनु भयो ।

अध्यक्ष नेपालले भन्नुभयो, ‘एमसीसीको सबालमा पनि हामी छलफल चलाइरहेका छौँ । कसरी, त्यसको अन्तरवस्तु के छ रु कतै त्रुटी कमजोरी छन् भने, सच्याउनु पर्ने कुरा छ भने, कमिटमेण्ट दिनुपर्ने कुरा छ भने ती के के हुन् भन्ने बारेमा पनि हामी छलफल गरिरहेका छौँ । तीन जनाको कमिटी बनाइएको छ । त्यो कमिटीले पनि अध्ययन गरेर आफ्नो निस्कर्ष अघि सार्नेछ । हामी जनभावनालाई पनि हेरिरहेका छौँ । नेपाललाई कुनै पनि किसिमको सैन्य गठबन्धनमा समावेश गर्ने कुरालाई हामी स्वीकार्न सक्दैनौँ । अहिले एमसीसीसाँ जोडिएकाहरुले यो गठबन्धनको अंग होइन, भनेर हामीलाई प्रष्ट पार्ने कोशिस गरिरहेका छन् । यसलाई हामीले राम्रो वातावरणमा, सहज वातावरणमा अघि बढाउन चाहन्छौँ । यो विशुद्ध आर्थिक सहयोगको विषय बनोस् । सेनासँग वा अन्य कुनै पनि कुराहरुसँग, नेपालको सार्वभौम सत्तासँग जोडिने कुरा नहोस् । छिमेकीहरुमाथि कुनै किसिमबाट असर पर्ने कुरा नहोस् । ५ दलको बीचमा छलफल गरेर साझा निस्कर्ष निकालेर देशको हीतको रक्षा गर्ने कुरालाई सुनिश्चित गरेर नै अघि बढ्नेछौँ ।’

अध्यक्ष नेपालले तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड० लाई अन्याय गरेको बताउनु भयो । उहाँले पार्टीमा रहँदा प्रचण्ड धेरै सोजो बन्नुभएको पनि बताउनु भयो । अध्यक्ष नेपालले प्रचण्डको कमलो मनले ओलीलाई चिन्न नसकेको भन्दै ओली ज्याद्रो मान्छे भएको दाबी गर्नुभयो ।  

अध्यक्ष नेपालले भन्नुभयो, ‘म कम्रेड प्रचण्डको पनि आलोचना गर्न चाहन्छु, उहाँ सोजो हुनपुग्नु भयो । कहिल्यै कुरा उठाउनु भएन उहाँले । अब मेरो पालो छ भन्नुपर्दथ्यो नि, पालो नै नभन्ने । सम्भवतः भर्खर पार्टी एकतावद्ध भएको छ । धेरै भन्यो भने समस्या खडा हुन्छ भन्ने उहाँको कमलो मनमा त्यही परेछ । उहाँले केपी ओलीलाई चिन्दै चिन्नुभएन । केपी ओली जस्तो ज्याद्रो मान्छेलाई उहाँले चिन्न नै सक्नु भएन । म त हत्तु हैरान भएर बसेको मान्छे । तर उहाँलाई पनि केपी ओलीले सहन सकेनन् ।’

अध्यक्ष नेपालले केपी ओलीको नेतृत्वमा रहेको पार्टीको नारा बामपन्थ नभइ रामपन्थ भएको आरोपसमेत लगाउनु भयो । उहाँले गफमा कसैले नसक्ने भन्दै गफाडी नम्बर १ भनेर गिनिज बुकमा नाम लेखाए हुने बताउनु भयो । अध्यक्ष नेपालले संसद चल्न नदिने र संविधानलाई गति नदिने व्यक्ति परिवर्तनको संवाहक बन्न नसक्ने पनि दाबी गर्नुभयो ।  अध्यक्ष नेपालले प्रधानमन्त्री र पार्टी अध्यक्ष भएपछि ओलीमा चरम व्यक्तिवादी प्रवृत्ति हुर्किएर आउँदा  आजको दिन कालो दिनको रुपमा पुगेको बताउनु भयो ।