६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल बराबरीमा रोकियो



अ+ अ-

काठमाडौं । तेस्रो संस्करणको साफ यु-१८ फुटबल च्याम्पियनसिपअन्तर्गत आज भएको खेलमा साविक विजेता नेपालले माल्दिभ्ससँग बराबरी खेलेको छ ।

हलचोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ)को मैदानमा भएको खेलमा नेपालले माल्दिभ्ससँग १-१ गोलको बराबरी खेलेको हो ।

खेलमा पहिलो अग्रता भने माल्दिभ्सले लियो । खेलको १४औँ मिनेटमा माल्दिभ्सले गोल गर्दै शुरुआती अग्रता बनाएको थियो । नेपालका रोशन दोङले डिबक्सभित्र फल गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै माल्दिभ्सका कप्तान हसन नजिबले गोल गरेका थिए । माल्दिम्सले खेलको पहिलो हाफसम्म एक शून्यले अग्रता लिएको थियो । तर खेलको दोस्रो हाफमा नेपालका मनिष डाँगीले बराबरी गोल फर्काए । यस बराबरीसँगै समूह ‘ए’ मा रहेको नेपालले एक अङ्क जोडेको छ । त्यस्तै माल्दिभ्सको पनि समान एक अङ्क नै भएको छ ।