८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग

पर्यटन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरणको सन्देश दिन साइकलयात्रा

पर्यटन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरणको सन्देश दिन साइकलयात्रा
अ+ अ-

परासी । पर्यटन प्रवद्र्धन गर्ने र भ्रष्टाचारमुक्त समाज स्थापनाका लागि प्रेरित गर्ने अभियानका साथ नेपाल भ्रमण गरिरहेका साइकलयात्री अभियन्ता कर्ण श्रेष्ठ पश्चिम नवलपरासीमा आइपुगेका छन् । खोटाङबाट साइकलयात्रा शुरु गरेका उनले मुलुकका ७५ जिल्ला भ्रमण गरिसकेका छन् ।

यात्राको क्रममा श्रेष्ठले पर्यटन प्रवद्र्धन गर्दै स्थानीय स्रोतसाधनको समुचित सदुपयोग गर्न सम्बद्ध पक्षलाई आग्रह गरेको बताए । आज बिहान परासीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले देशमा व्याप्त विकृत्ति र बेथिति नियन्त्रणमा एक्लैको प्रयासले सम्भव नहुने भएकाले सबै नेपाली एक भएर समृद्ध मुलुक निर्माणमा लाग्नुपर्ने सन्देश फैलाउँदै हिँडेको बताए ।

“स्वदेशमै रोजगारीका अवसर सिर्जना हुनुपर्ने, भ्रष्टाचार अनियमितता रोकिनुपर्ने, स्थानीय स्रोत साधन र प्राकृतिक स्रोतको सदुपयोग हुनुपर्ने, कृषिलाई औद्योगीकरण गरिनुपर्नेलगायतका कुरामा मैले भ्रमण गरेका जिल्लाका स्थानीय सरकार, उद्योग वाणिज्य सङ्घ, सञ्चारकर्मी तथा अभियन्तामाझ उठाउँदै आएको छु”, उनले भने ।

आफ्नै देशमा उत्पादित सामग्रीको प्रयोग, व्यावसायिक तथा प्राविधिक शिक्षा र नेपालसँग भएको स्रोत साधनको सदुपयोग गर्न सके मुलुकले कोल्टे फेर्ने र भ्रष्टाचार पनि अन्त्य हुने उनको भनाइ छ । खोटाङ जिल्ला दिक्तेल नगरपालिका निवासी ३४ वर्षीय श्रेष्ठले २०७५ चैत ३ गतेबाट यात्रा शुरु गरेका थिए ।

भ्रष्टाचारमुक्त समाज र राष्ट्र निर्माणको अभियान बोकेर नेपालका सबै जिल्लाको भ्रमण गर्ने लक्ष्यअनुसार उनले अब नवलपुर र चितवनको भ्रमणपछि यात्रा सम्पन्न हुने र त्यसपछि विदेशमा पनि साइकलयात्रा गर्ने तयारी गरिरहेको बताए ।