८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग

मादक पदार्थले लठ्ठिएका एक प्रधानाध्यापकले कार्यक्रम बिथोल्न खोजेपछि

मादक पदार्थले लठ्ठिएका एक प्रधानाध्यापकले कार्यक्रम बिथोल्न खोजेपछि
अ+ अ-

खोटाङ । मादक पदार्थ सेवन गरेर कार्यक्रममा सहभागी बनेका एक प्रधानाध्यापक कार्यक्रमस्थलबाटै पक्राउ परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मुलाबारी आधारभूत विद्यालयका प्रअ खम्बराज राई सोमबार कार्यक्रमस्थलबाटै पक्राउ परेका हुन् ।

शैक्षिक गुणस्तर अभिवृद्धिका लागि नगरपालिका र नगरभित्र रहेका आधारभूत तह कक्षा १ देखि ५ सम्मका प्रधानाध्यापकबीच कार्यसम्पादन करार सम्झौता गर्न आयोजित कार्यक्रममा उनी मादक पदार्थ सेवन गरेर आएपछि नगरपालिकाका तर्फबाट नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा राईले बताए ।

“शैक्षिक गुणस्तर सुधारका लागि कार्यसम्पादन करार सम्झौता गर्न नगरपालिकाभित्र सञ्चालित कक्षा १ देखि ५ सम्मका सबै विद्यालयका प्रअलाई झिकाइएको थियो”, उनले भने, “घरबाटै मातेर कार्यक्रममा आएका प्रअ राईले कार्यक्रम नै बिथोल्न खोजेपछि नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हौँ ।” दिक्तेलस्थित एक होटलमा आयोजित कार्यक्रमबाटै पक्राउ परेका राईलाई हिरासतमा राखेर कारवाहीको प्रक्रिया थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

“जिल्ला अस्पताल खोटाङमा गरिएको स्वास्थ्य परीक्षण प्रतिवेदनमा प्रअ राईले मादक पदार्थ सेवन गरेको देखिएको छ”, उनले भने, “अहिले हिरासतमा रहेका प्रअ राईलाई थप कारवाहीका लागि आज नगरपालिकाको शिक्षा एकाइमा पठाउने तयारी गरिएको छ ।” यसअघि गाउँमा रहँदा पनि चौबीसै घण्टा मातेर हिँड्ने प्रअ राईलाई सेवाबाटै हटाउने तयारी गरिएको नगरप्रमुख दीपनारायण रिजालले बताए ।

“विद्यालय समयमा मादक पदार्थ सेवन गरेको प्रमाणित भएमा सेवाबाटै हटाउन सकिने नगरपालिकाको नगर शिक्षा ऐनको धारा २२ (ख)मा उल्लेख छ”, उनले भने, “प्रअ राईले मादक पदार्थ सेवन गरेको पुष्टि भएकाले सेवाबाट हटाउने तयारी गरेका हौँ ।” प्रअ राईका कारण झण्डै एक घण्टापछि शुरु गरिएको कार्यक्रममा नगरपालिका र प्रधानाध्यापकबीच अन्तरक्रियात्मक छलफल तथा प्रतिबद्धतापछि कार्यसम्पादन करार सम्झौता गरिएको छ ।

नगरप्रमुख रिजालको रोहवरमा नगरपालिकाका शिक्षा शाखा प्रमुख पुष्पा र नगरभित्रका ५६ विद्यालयका प्रधानाध्यापकबीच २५ बुँदे कार्यसम्पादन करार सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो । विद्यालय विकास प्रस्ताव तयार गरी सोहीअनुसार कार्यक्रम कार्यान्वयन गर्ने, वार्षिक शैक्षणिक योजना बनाउने र कार्यान्वयन गर्ने, आगामी शैक्षिकसत्रदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्नेलगायत सम्झौता भएको छ ।

सम्झौतापत्रमा प्रत्येक शैक्षिकसत्रको वैशाख १५ गतेभित्र विद्यार्थी भर्ना अभियान सञ्चालन गरी विद्यालय उमेर समूहका सम्पूर्ण विद्यार्थीलाई विद्यालय भर्ना गराउने तथा १६ गतेदेखि अनिवार्य पठनपाठन शुरु गर्ने उल्लेख गरिएको छ । पाठ्यक्रम र शिक्षक निर्देशिकालाई सबै शिक्षकले अनिवार्यरूपमा प्रयोग गर्ने÷गराउने, प्रत्येक विषयका शिक्षकले पाठ्यवस्तुअनुसार सामग्री प्रयोग गरेर मात्रै शिक्षण गराउनुपर्नेलगायत शर्त सम्झौतामा उल्लेख छ ।

नगरपालिकाभित्रका सबै विद्यालयका शैक्षिक गुणस्तर सुधार गर्न सबै पक्षको प्रतिबद्ध रहेको जनाइएको छ । सामुदायिक विद्यालयको शैक्षिक सुधारमा लागेको नगरपालिकाले यसअघि आधारभूत तहको कक्षा ६ देखि ८ र ९ देखि १२ सम्म सम्झौता गरिसकेको छ । कक्षा १ देखि ५ सम्मका ५६ विद्यालयसँगै नगरभित्र सञ्चालित सबै (९४ वटै) विद्यालयमा कार्यसम्पादन करार सम्झौता सम्पन्न गरेर कार्यान्वयमा ल्याइएको जनाइएको छ ।