८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशनको लोगोमा बीपीदेखि देउवासम्मका तस्बिर, यस्तो छ नारा News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा चुस्तः ८ हजारभन्दा बढीले पाए उपचार News Polar पेट्रोलियममा परनिर्भरता घटाउन दीर्घकालीन पूर्वाधार निर्माणलाई प्राथमिकता : मन्त्री साह News Polar पेट्रोलियम आपूर्ति सुधार्न ‘फिसबोन डायग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गर्दैछौँ : मन्त्री साह News Polar टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन News Polar अत्यधिक वर्षाको सम्भावनापछि ट्रक व्यवसायीलाई सतर्क रहन महासंघको आग्रह News Polar भारी वर्षाको जोखिमपछि नारायणगढ–मुग्लिन सडकमा राति सवारी आवागमन बन्द News Polar ईश्वर पोखरेलसहित सात नेता एमालेको स्थायी कमिटीमा News Polar एमालेले विद्या भण्डारीलाई सम्मानित वरिष्ठ नेता बनाउने प्रस्ताव News Polar ओलीको राजनीतिक प्रतिवेदन तल्लो तहसम्म संप्रेषण गर्ने एमालेको निर्णय News Polar नामियाद्वारा भोटेकोशी बाढीपीडितका दोस्रो चरणको सहयोग कोषको खातामा News Polar केयूका संस्थापक उपकुलपति शर्माको राजकीय सम्मानका साथ अन्त्येष्टि News Polar ताप्लेजुङको दोभान बजारमा विद्युत् सर्ट हुँदा ७ घर जलेर नष्ट News Polar नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर News Polar इन्द्रजात्राको सम्पूर्ण गतिविधि गल्ली म्यापबाट लिन सकिने News Polar प्याब्सनद्वारा भोटेकोशी–त्रिशूली बाढीपीडितका लागि २० करोड ८९ लाख राहत सहयोग News Polar भारी वर्षाको जोखिमपछि पृथ्वी राजमार्गमा राति ९ घण्टा सवारी आवागमन बन्द News Polar भाषाविद् डा बन्धु सम्मानित News Polar दलितको समुदायको अधिकार तथा विकाससम्बन्धी छुट्टै कानून निर्माण गर्दै सरकारः वर्गविहीन र जातविहीन समाज निर्माणमा सांसदहरुको जोड News Polar विष्टले उठाए सरकारको सुशासनमाथि प्रश्न, भ्रष्टाचार छानबिनदेखि बाढीपीडितलाई राहतसम्म माग

यस्ताे छ चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी

यस्ताे छ चिनियाँ राष्ट्रपतिलाई स्वागतको तयारी
अ+ अ-


एकराज पाठक
मित्रराष्ट्र चीनका राष्ट्रपतिको भ्रमण नेपालको एउटा व्यग्र प्रतिक्षाको विषय हो । चिनीयाँ राष्ट्रपतिको नेपाल भ्रमण कहिले हुन्छ भन्ने चर्चा नेपाली सञ्चारमा छाएको पनि धेरै वर्ष भयो । सञ्चारमाध्यममा मात्र नभएर नेपालीमाझ पनि यो चासोले बढी नै चर्चा पाउने गरेको छ ।
निकै लामो प्रतिक्षापछि अब भने चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल आउने निश्चितजस्तो भएको पछिल्ला बहस र चर्चाहरुले देखाएको छ । असोजको अन्तिम सातासम्म उहाँ नेपाल आउने सूचना देशका जिम्मेवार सञ्चार गृहहरुले सम्प्रेषण गरिरहेका छन् ।
विदेश मामिलाका जानकारहरुका आलेख एवम् विचारहरुमा यो भ्रमणको सम्भावना र सुनिश्चितताका अभिव्यक्ति देखिन्छ । उनीहरुका विचार सुन्दा लाग्छ मित्रराष्ट्र चीनका राष्ट्रपतिको नेपाल आगमन कहिले होला भन्ने प्रतिक्षाको घडी अब सकिइसकेको छ र उहाँले निकट भविश्यमै नेपालको भ्रमण गर्न लाग्नुभएको छ ।
गत भदौ २२ मा नेपाल आएका चिनियाँ विदेशमन्त्री वाङ यी यहाँ तीन रहनुभयो । यो भ्रमण पनि चिनियाँ राष्ट्रपति चिनफिङको भ्रमणको तयारी प्रक्रियाको प्रारम्भका लागि रहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको अभिव्यक्तिबाट पनि बुझ्न सकिन्छ । नेपाल आएकै दिन विदेशमन्त्री यीले पनि केही नेपाली प्रतिनिधिसँग गर्नुभएको एक अन्तरक्रियामा भ्रमणको सम्भावनाको बारेमा कुराकानी गर्नुभएको बताइएको थियो ।
विदेशमन्त्रीको भ्रमणयता राष्ट्रपति सिको नेपाल भ्रमणको चर्चा शिखरमा पुगेको छ । नेपाल सरकारले औपचारिक रुपमा घोषणा नगरे पनि विभिन्न सञ्चारमाध्यमहरुले सिको नेपाल भ्रमणको तिथिमिति नै सार्वजनिक गरिरहेका छन् । यतिमात्र नभएर उहाँ नेपाल आएपछि के कस्ता सहयोग, सम्झौता एवम् विकास परियोजनाहरुमा हस्ताक्षर हुनेछ भन्ने बारेमा समेत सञ्चारमाध्यममा आइरहेको छ ।
परराष्ट्र मन्त्रालयले उपयुक्त समयमा चिनियाँ राष्ट्रपति सिले नेपाल भ्रमण गर्ने औपचारिक जानकारी बारम्बार दिने गरेको छ । नेपालस्थित चिनियाँ दूताबासको धारणा पनि यस्तै आसयको आउने गर्दछ । तर नेपाल सरकारका अन्य अधिकारी, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता तथा मन्त्रीहरुका सार्वजनिक अभिव्यक्तिहरुले राष्ट्रपति सिको नेपाल भ्रमणको लगभग तयारी नै सुरु भएको जस्तो देखाउँछ ।
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले भदौ अन्तिम साता काठमाडौँको टोखामा आयोजित एक कार्यक्रममा ‘चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा केरूङ–काठमाडौं जोड्ने झोरदेखि जोरभन्ज्याङ हुँदै नुवाकोट निस्किने सुरूङमार्ग सहितको सडक बनाउने विषयमा सहमति हुने’ बताउनुभएको थियो ।
त्यसैगरी सोही भ्रमणकै क्रममा केरुङ–काठमाडौं रेलमार्ग निर्माणको औपचारिक प्रक्रियाको शुरुआत हुने जानकारी पनि उहाँले दिनुभयो । उपप्रधानमन्त्रीको यो अभिव्यक्तिबाट भने राष्ट्रपति सि नेपाल आउने निश्चित भएको सजिलै बुझ्न सकिन्छ । चिनियाँ विदेशमन्त्री यीसँगको द्विपक्षीय वार्तापछि परराष्ट्रमन्त्री ज्ञवालीले पनि वार्ताका क्रममा ‘सिको नेपाल भ्रमणको विषयमा कुरा भएको’ बताउनुभएको थियो । उहाँले राष्ट्रपति सिको भ्रमण लगभग निश्चित भएको प्रतिक्रिया सम्वाददाताहरुलाई दिनुभएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक निमन्त्रणामा चिनियाँ राष्ट्रपति सीले नेपाल भ्रमण गर्न लाग्नुभएको हो । हाल देशमा भएको चर्चा र सरकारको तयारी बमोजिम उहाँको भ्रमण भयो भने निकै लामो समयपछि मात्र मित्र राष्ट्र चीनका राज्यप्रमुखको नेपाल भ्रमण हुनेछ । उहाँ २३ वर्ष यता नेपाल भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति हुनुहुने छ ।
आसन्न भ्रमण नेपालको लामो प्रतिक्षा भएकोले पनि सहयोग र सम्झौताका विभिन्न विषयमा आवश्यक छलफल, व्यापक चर्चा र तयारीहरु गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा आएदेखि नै नेपालमा चिनियाँ रेलको एजेण्डाको चर्चा थाल्नुभएकोले पनि यो भ्रमणमा केरुङ–काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेबारेमा दुई देशबीच सम्झौता हुन सक्ने अनुमान गरिएको छ । त्यस्तै केरुङ–काठमाडौं सुरूङमार्ग सहितको सडक निर्माणका विषयमा पनि आवश्यक सहयोग सम्झौता हुन सक्ने अनुमान सर्वत्र गरिएको छ ।
केही वर्षअघि भारतले नेपालमा नाकाबन्दी लगाएदेखि नै आम नेपाली नागरिकले बैदेशिक बन्द व्यापार तथा आधारभूत आवश्यकताको आपूर्तिका लागि निकासको दोस्रो विकल्पको खोजी गरिरहेका छन् । दक्षिणतर्फ नेपालको सीमाना खुला र सहज छ । तर व्यवहारमा भने कहिलेकाहीँ जटिलता देखा पर्ने गर्छ । जसका कारण आधारभूत आवश्यकताका लागि पनि दक्षिणतर्फ निर्भर रहनुपरिरहेको वास्तविकताले हाम्रो अर्थतन्त्र मात्र नभएर नागरिकको जीवनलाई समेत प्रभावित पार्ने गरेको हुन्छ ।
तर हाम्रो उत्तरी भूगोलको जटिलताका कारण मित्रराष्ट्र चीनसँगको सम्बन्धलाई भौतिक रुपमा जोड्न सकिएको छैन । दक्षिणतर्फजस्तो सहज बनाउन सकिएको छैन । त्यसैले पनि राष्ट्रपति सिको नेपाल भ्रमणमा दुई देशबीचको कनेक्टिभिटीमा जोड दिइयोस भन्ने माग सबै नेपालीको छ । नेपाली नागरिकले सबैभन्दा बढी इच्छ्याएको विषय पनि उत्तरी छिमेकीसँग भौतिक रुपमा जोडिन पाइयोस् भन्ने नै हो ।
दुई पक्षीय समझदारीमा दुवै देशले एकैपटक नै औपचारिक भ्रमणको मिति सार्वजनिक गर्ने कूटनीतिक परम्पराका कारण सिको भ्रमणको मिति भने सार्वजनिक गरिएको छैन । तर पनि चिनियाँ विदेशमन्त्रीको हालैको औपचारिक भ्रमणका क्रममा सीको नेपाल भ्रमणलाई केन्द्रबिन्दुमा राखेर छलफलहरु भएको बताइन्छ ।
सिको नेपाल भ्रमणको क्रममा हुनसक्ने सम्झौता तथा समझ्दारीमा कोदारी राजमार्गको स्तरोन्नति, काठमाडौंको चक्रपथ विस्तार, मदन भण्डारी प्राविधिक विश्वविद्यालय निर्माण, किमाथाङ्का र तमोर जलविद्युत् आयोजना निर्माण, किमाथाङका–जोगबनी राजमार्ग र कोरला भञ्ज्याङ मार्ग निर्माण आदि विषयहरु बढी चर्चामा छन् । तर यसको औपचारिक जानकारी भने नेपाल सरकारले सार्वजनिक रुपमा दिएको छैन ।
नेपाल कम्युनिष्ट पार्टीको विदेश विभागका उपप्रमुख विष्णु रिजालले आफू चिनियाँ राष्ट्रपति नेपाल आउनेमा पूर्ण रुपमा आशावादी रहेको बताउनुभयो । उहाँले कूटनीतिक तह र च्यानलहरुबाट भ्रमणका प्रक्रियाका बारेमा व्यापक तयारी भइरहेको र दुई देशका सरकारहरुले पनि आसन्न भ्रमणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको सूचना आफूले पाएको बताउनुभयो ।
नेपाल चीनबीचको सम्बन्ध विगतदेखि नै सौहार्द रहँदै आएको र नेपालले पनि चीनसँगको सम्बन्धलाई महत्व दिँदै आएको बताउँदै रिजालले नेपालमा जुनसुकै राजनीतिक दलको सरकार भए पनि एक चीन नीतिप्रति सधैँ अडिग रही आएकोले नेपालको यस नीतिको चीनले उच्च मूल्यांकन गर्ने गरेको प्रसंग पनि उल्लेख गर्नुभयो ।
उपप्रमुख रिजालले चीनजस्तो समृद्ध छिमेकका राष्ट्रपतिले यति लामो समयपछि नेपालको भ्रमण गर्नु हाम्रा लागि ठूलो महत्वको विषय हो भन्दै यस भ्रमणका क्रममा नेपालले कनेक्टिभीटीमा नै बढी प्राथमिकता दिनुपर्ने सुझाव दिनुभयो ।
सन् १९९६ मा तत्कालिन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गर्नुभएको थियो । त्यसयता चिनियाँ राष्ट्रपति तहबाट नेपाल भ्रमण नभएकोमा सिको भ्रमण हुन लागेको हो । त्यसैले पनि यो भ्रमणले बढी चासो र चर्चा जन्माउनु स्वाभाविकै हो ।
राष्ट्रपति सिले सन् २०१६ मा नै नेपाल भ्रमण गर्ने तय भएको बताइएको थियो । तर सो भ्रमण अन्तिममा आएर रोकिएको थियो । त्यस समय बाङ्गलादेश हुँदै नेपाल आउने कार्यतालिका रहेको भनिएपनि पछि हुन सकेन ।
त्यस यताका नेपालका सबै सरकारले चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउने प्रयास गरेपनि सफल हुन सकेन । यस विषयमा नेपालको उच्च राजनीतिक तह र नेपाली सञ्चारले राख्ने गरेका जिज्ञासामा चीनको जवाफ ‘उपयुक्त समयमा नेपाल भ्रमण हुनेछ’ भन्ने मात्र रह्यो । तर अब भने यो औपचारिक जवाफभन्दा माथि उठेर दुई देशबीचको कूटनीतिक उचाई ग्रहण गर्ने समय नजिकिएको देखिन्छ ।
चिनियाँ राष्ट्रपति सि आधुनिक चीनको विकासमा देङ स्याओ पिङपछिको चर्चामा चिनिनुहुन्छ । चीनको वर्तमान आर्थिक विकासको शिलान्यास देङको खुला चीन नीतिलाई मानिएजस्तै चीनलाई अहिले विश्वमा पु¥याउने काम सिको बिआरआइजस्तो बृहत आयोजना र वर्तमान आर्थिक विकासलाई मान्ने गरिएको छ । यसरी पनि चीनको प्रभाव विश्वको नयाँ नयाँ भूगोलमा फैलिँदैछ ।
हालैका दिनमा चिनियाँ उच्चस्तरीय भ्रमण नेपालमा बाक्लिएको छ । विदेशमन्त्रीपछि चीनको विदेश विभागका प्रमुख सङ ताओ यतिखेर नेपालमै हुनुहुन्छ । उहाँको प्रतिनिधिमण्डल र नेकपाका नेताहरुबीच वैचारिक तथा द्विपक्षीय विविध विषयमा छलफल जारी छ । यस कार्यक्रममा पनि राष्ट्रपति सिको आसन्न चीन भ्रमण हुने नै छ । यसै महिनाको अन्त्यतिर करिब दुई दिन हुने भनिएको आसन्न भ्रमणको तयारीमा दुवै देशका सरकार जुटेको देखिन्छ । र नेपाली नागरिक चिनियाँ राष्ट्रपति सिलाई काठमाडौंमा स्वागत गर्न आतुर देखिन्छन ।