२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला News Polar वृद्धको हत्या अभियोगमा युवक पक्राउ News Polar कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी News Polar कांग्रेसको १५औं महाधिवेशन: उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध निर्वाचित News Polar बार्सिलोनामा हिंसात्मक प्रदर्शनपछि स्पेन सरकारद्वारा आवाससम्बन्धी आपतकालीन उपाय स्वीकृत News Polar फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ उच्च माध्यमिक विद्यालय प्रभावित News Polar धानमा आत्मनिर्भर बनेपछि वन फँडानी रोक्ने इन्डोनेसियाको निर्णय News Polar कृष्ण थापा नेपाली सेनाको रग्बी प्रशिक्षक नियुक्त News Polar तिलौराकोट, जनकपुरधाम र पनौतीबारे अध्ययन गरिने

आजको राशिफलः २०७८ पुस ६ गते, मंगलबार

आजको राशिफलः २०७८ पुस ६ गते, मंगलबार
अ अ+ अ-

२०७८ पुस ६ गते, मंगलवार, २१ डिसेम्बर २०२१। पाैष कृष्णपक्ष द्वितीया तिथि, १३ः०५ बजेदेखि तृतीया। पुनर्वशु नक्षत्र। चन्द्रराशि– मिथुन, १४ः४८ बजेदेखि कर्कट।

 

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

चिताएको काममा बिहानै जुट्नुहाेला, सोचेजस्तै सफलता मिल्नेछ। सहयाेगीहरूले साथ दिनेछन् र प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन्। दाजुभाइमा आत्मीयता बढ्नेछ। दिउँसाेदेखि विश्वासिला व्यक्तिहरूले धाेका दिने हुँदा काम राेकिन सक्छ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ। आजकाे मिहिनेतले दिगो फाइदा दिलाउनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। व्यवसायतर्फ पनि पहिलेकाे उपलब्धिले थप काम गर्न प्रेरित गर्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

मिहिनेतले व्यक्तित्व निखार्ने समय छ। पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बिछोडिएका आफन्त नजिकिनेछन्। दिगो योजना प्रारम्भ हुनेछ। तर परिस्थिति अनुकूल बनाइराख्न व्यवहारमा अलि सजग रहनुपर्ला।  

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ। आफन्तजनबाट टाढिनुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ। सस्ताे लाभमा लाेभिँदा व्यर्थैमा खर्च हुनेछ। आवेशको निर्णय र बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ।  

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

बिहानकाे समय लाभदायी रहनेछ। पेसा र व्यवसायले पनि राम्रै लाभ दिनेछ। आयआर्जनका विविध स्रोत फेला पर्नेछन्। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। तर मध्याह्नपछि धन बाहिरिने सम्भावना छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ।  

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापार-व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ।  

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सामाजिक जिम्मेवारी प्राप्त हुनेछ। भाग्यले विभिन्न अवसर दिलाउन सक्छ। अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त हुनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।  

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

समस्याप्रति गम्भीर नबन्दा दु:ख पाइनेछ। कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ। स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला। मध्याह्नपछि स्थितिमा सुधार आउनुका साथै नयाँ काम थालनी हुनेछ।  

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिनेछ। सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। दिउँसाेदेखि भने केही चुनाैती समेत देखापर्नेछन्।   

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ। पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन्। दिउँसाेदेखि विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ। 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। लेखन कलामा पनि निखारता आउनेछ। प्रतिस्पर्धीहरू सहयाेगीका रूपमा देखापर्नेछन्।  

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परिस्थितिअनुसार चल्न नसक्ता दु:ख पाइनेछ। विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला। समयमा निर्णय लिन नसक्दा काम राेकिन सक्छ। दिउँसाेदेखि स्थितिमा सुधार आउनाले नयाँ कामतर्फ अग्रसर भइनेछ।