१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते

प्रेस स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासमा रास्वपा प्रतिवद्धः प्रमुख सचेतक बुर्लाकोटी

प्रेस स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासमा रास्वपा प्रतिवद्धः प्रमुख सचेतक बुर्लाकोटी
अ अ+ अ-

काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पारदर्शी संसदीय अभ्यासप्रति आफ्नो दृढ प्रतिवद्धता व्यक्त गरेको छ ।

सोमवार सञ्चारकर्मीहरूसँगको छलफलका क्रममा पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले मुलुक निर्माण र लोकतान्त्रिक मूल्यमान्यताको सुदृढीकरणका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने बताउनुभएको हो ।

प्रमुख सचेतक बुर्लाकोटीले प्रेस स्वतन्त्रता, सूचनाको हक र पारदर्शी संसदीय अभ्यास लोकतन्त्रका अनिवार्य अवयव भएको उल्लेख गर्दै रास्वपाले यी सिद्धान्तहरूलाई व्यवहारमै उतार्न चाहेको स्पष्ट पार्नुभयो । नेपालको विकास र लोकतान्त्रिक स्तरलाई युरोपेली वा स्क्यान्डिनेभियन मुलुकहरूको तुलनामा पुर्याउने लक्ष्य राखे पनि त्यसका लागि आवश्यक कानून, पूर्वाधार र सोही अनुरूपको चिन्तन विकास हुन समय लाग्ने उहाँको भनाइ छ ।

उहाँले ती मुलुकहरूको स्तरमा पुग्न केही वर्ष लाग्ने भएपनि त्यसका लागि आवश्यक अभ्यास र प्रयासहरू अहिले नै शुरु गरिसकिएको जानकारी दिनुभयो ।

प्रमुख सचेतक बुर्लाकोटीले भन्नुभयो, ‘आम नागरिकले अपेक्षा गरेको तथा मुलुक निर्माणका लागि हामी सबैले सहकार्य गरेर नै अघि बढ्नुपर्छ । केहीबेरअघि यहाँबाट पनि कुरा उठ्यो कि संविधानको धारा १८२ ल्याउने प्रक्रियामा पनि हाम्रो भूमिका थियो, र देश निर्माणमा पनि हाम्रो उत्तिकै भूमिका रहनेछ । त्यस कुरालाई वास्तविक रूपमा मूर्त रूप दिनका लागि हामी काम गर्न चाहन्छौँ । त्यसमा हामी एक रत्ति पनि पछि छैनौँ । हामी यही प्रक्रियाभित्र छौँ र यसमै प्रतिवद्ध छौँ । यससँगै, हामीले बुझेको र यहाँहरूले बुझेको विषय पनि एउटै रहेछ भन्ने महशुस भयो । प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक तथा पारदर्शी संसदीय अभ्यास–यी सबै लोकतन्त्रका आधारभूत अवयव हुन् । हामी यी सबैको पूर्ण अभ्यास गर्न चाहन्छौँ । यी सबैको समुचित सम्मिश्रणबाट बलियो लोकतान्त्रिक मुलुक र सुदृढ लोकतान्त्रिक अभ्यास निर्माण गर्न, हाम्रो दल, हाम्रो मुलुक र हामी सबैलाई त्यस दिशामा अघि बढाउन चाहन्छौँ । अघि नारायणजीले उल्लेख गर्नुभएको जस्तो स्क्यान्डिनेभियन वा अन्य युरोपेली मुलुकहरूको स्तरमा पुग्नका लागि अहिले न हाम्रो कानुनी संरचना त्यति विकसित छ, न आवश्यक पूर्वाधार, न त त्यहाँको जस्तो संस्थागत सोच र अभ्यास नै छ । त्यस स्तरमा पुग्न हामीलाई अझ केही समय लाग्न सक्छ । त्यसैले नै हामी यी सबै अभ्यासहरू गर्दै अगाडि बढिरहेका छौँ । यस यात्रामा हाम्रो तर्फबाट गर्नुपर्ने प्रयास र यहाँहरूले दिनुभएका सुझाव तथा सहयोगलाई सकारात्मक रूपमा ग्रहण गर्दै अझ प्रभावकारी ढङ्गले अघि बढ्न चाहन्छौँ ।’

वर्तमान सत्ता समीकरण र संसदीय प्रक्रियामा आफ्नो दलको भुमिकालाई जोड्दै बुर्लाकोटीले देश निर्माणको लक्ष्य प्राप्तिका लागि सञ्चार जगतबाट आउने सुझाव र प्रयासहरूलाई सकारात्मक रूपमा लिएर अगाडि बढ्ने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल