१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar मध्यपहाडी लोकमार्ग अवरुद्ध हुँदा सर्वसाधारणलाई सास्ती News Polar भोटेकोशी बाढी प्रभावितका लागि ६ प्रदेशसँग सहयोगको आह्वान News Polar म्याग्दीका बाढीपहिरो प्रभावितलाई प्रवासीबाट १५ लाख सहयोग News Polar टिपरको ठक्करबाट बालिकाको मृत्यु News Polar लुम्बिनीमा उद्योग व्यवसाय विस्तारका लागि समस्या समाधान गर्नुपर्नेमा विद्यादेवी भण्डारीको जोड News Polar एशियाली खेलकुदः नेपाली आर्चरी टोलीको चुनौती समाप्त, खेलाडी भन्छन्– ‘अन्तर्राष्ट्रिय एक्सपोजरको खाँचो’ News Polar सुनचाँदीका गरगहना बिक्रीमा लाग्ने सीप प्रवर्द्धन शुल्कलाई व्यवस्थित गर्न कार्यविधि जारी News Polar विश्वविद्यालय सञ्चालनका लागि ‘छाता ऐन’ आवश्यक : युवराज दुलाल News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयलाई प्राज्ञिक र अनुसन्धानको केन्द्र बनाउन सांसदहरूको जोड News Polar प्रधानमन्त्री शाहले भने– नेपाल–भारत सम्बन्ध सधैँ प्रगाढ र सुमधुर छ News Polar पहिरो पन्छाएपछि कान्ति लोकपथ एकतर्फी सञ्चालनमा News Polar कोदारी नाका सञ्चालन सहज बनाउन उच्चस्तरीय टोलीद्वारा स्थलगत अनुगमन News Polar पाथीभराको प्रसाद देशभरका कर्मचारी मिलन केन्द्रमा News Polar नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बस्दै News Polar चार दिनपछि खुल्यो बिपी राजमार्ग News Polar घरेलु मदिरा र कच्चा पदार्थसहित दुई जना पक्राउ News Polar ३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लालपुर्जा News Polar प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको विदाई भेट News Polar भोटेकोशी बाढीपछि विश्वभर ‘नेपाल सुरक्षित छ’ भन्ने सन्देश फैलाउनुपर्छ : होटल संघ News Polar नेपाली कांग्रेसको १५औँ महाधिवेशन उद्घाटन असोज १८ गते

बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण

बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण
अ अ+ अ-

बागलुङ। बागलुङको सबैभन्दा विकट पालिका मानिन्छ तमानखोला गाउँपालिका । यहाँ एक गाउँदेखि अर्को गाउँ पुग्न थुप्रै पहाड र खोला पार गर्नुपर्छ । हिउँदको समयमा जसोतसो आवतजावत गरे पनि बर्खाको समयमा कठिन हुन्छ ।

गाउँपालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा कार्यालय पुग्न घण्टौँ लाग्छ । बर्खाको समयमा विभिन्न खोलाहरुमा पुल नबन्दा नागरिकले सास्ती खेप्दै आएका छन् ।

गाउँपालिकाले बाह्रै महिना सवारीसधान सञ्चालन गर्नका लागि लाखौँ रुपैयाँ खर्च गरेर ठाउँठाउँमा पुल तथा कल्भर्ट निर्माण गरे पनि अझै धेरै स्थानमा बनाउन बाँकी छ । पालिकाले यसवर्ष मात्रै छ वटा खोलामा कल्र्भट र पक्की पुल निर्माण गरेको छ । तर अझै पनि वडा नम्बर ३, ४ र ६ वडामा वर्खामा पालिका केन्द्रबाट सिधा यातायात सञ्चालन हुँदैनन् ।

रु एक करोड ७० लाख खर्चे घट्टबोघाट, सिङ्खोलाघाट, नुनथला घाट, पात्लेखोलामा दुई वटा र सेर्माघाटमा एउटा पुल निर्माण गरेको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिनुभयो ।

पालिकाका छ वटै वडामा बाह्रै महिना यातायात संचालनका लागि अझै पाँच स्थानमा पुल निर्माण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

अध्यक्ष बुढामगरका अनुसार चालु आर्थिक वर्षमा पुल बनेपछि वडा नम्बर ५ खुङ्खानीमा बाह्रै महिना सवारीसाधान चल्न सक्ने भएको छ । वडा नम्बर ६ को नर्जाखानी पुग्न बागमानघाट, वडा नम्बर ३ को तमान र वडा नम्बर ४ को लाम्मेला पुग्न धोमैघाट पुल बनाउनुपर्ने अध्यक्ष बुढामगरले बताउनुभयो ।

तमानखोला गाउँपालिका–६ का अध्यक्ष चित्रबहादुर छन्त्यालले पालिकाको केन्द्र बोङ्गादोभानदेखि वडा कार्यालयसम्म आउनका लागि छ स्थानमा पुल तर्नुपर्ने बताउनुभयो ।

अहिलेसम्म छ वटामध्ये हालसम्म पाँच स्थानमा पुल तथा कल्भर्ट बनेको भन्दै अब बागमानघाटमा पुल बन्यो भने बाह्रै महिना सहज रुपमा पालिका पुग्न सकिने उहाँले बताउनुभयो । रासस