९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह

मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न गणेश कार्कीको आग्रह
फाइल फोटो
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले सरकार वा पार्टीको बचाउका लागि मान्छेको जीवनभन्दा ठूलो तर्क नगर्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद कार्कीले नियम मानिसका लागि बनाइने भएकाले नियमका कारण मानिसको जीवन नै संकटमा पर्ने अवस्था स्वीकार्य हुन नसक्ने बताएका हुन्।

उनले नियम पालन गर्दा मानिसलाई असहज हुने, नियम मान्नुभन्दा मर्नु सजिलो महसुस हुने अवस्था सिर्जना भएको भए त्यस्ता नियम पुनरावलोकन गर्नुपर्ने वा त्यसबारे नागरिकलाई अझ प्रभावकारी ढंगले बुझाउनुपर्ने आवश्यकता रहेको उल्लेख गरेका छन्।

कार्कीले ‘मान्छे र नियममध्ये कुन रोज्ने?’ भन्ने प्रश्न नै अनुचित भएको टिप्पणी गर्दै, यदि त्यसको जवाफ दिनै परे आफूले मान्छेलाई रोज्ने बताएका छन्।

उनले सरकार र रास्वपाका समर्थकलाई लक्षित गर्दै सरकार वा पार्टी जोगाउने नाममा मान्छेको ज्यानभन्दा भारी तर्क नगर्न आग्रह गरेका छन्।

साथै, नेपालमा दैनिक औसत १८ जनाले आत्महत्या गर्ने तथ्य स्मरण गराउँदै उनले आत्महत्याको प्रमुख कारण मानसिक स्वास्थ्य समस्या वा आवेग हुने उल्लेख गरेका छन्। यी दुवै अवस्थालाई समयमै सचेतना, जानकारी र सहयोगमार्फत कम गर्न सकिने भन्दै उनले यस विषयमा समाजमा खुला छलफल र जनचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका छन्।