४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा

सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा
तस्बिर :रामकुमार लिम्बू / रासस
अ+ अ-

काठमाडौँ । चिया निर्यातमा देखिएको समस्याका कारण बन्द भएका झापा र इलामका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। सरकारले उद्योगीहरूको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै विशेष कार्यदल गठन गरेपछि उद्योग सञ्चालनको वातावरण बनेको हो।

भारततर्फ चिया निर्यातमा उत्पन्न अवरोधका कारण झापा र इलामका अधिकांश चिया उद्योग असार १ र ४ गतेदेखि बन्द भएका थिए। उद्योग बन्द हुँदा किसान, श्रमिक तथा व्यवसायी प्रभावित बनेका थिए।

यसबीच प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्ने र निर्यात सहजीकरणका लागि आवश्यक पहल गर्ने आश्वासन दिएको थियो। सरकारी प्रतिबद्धतापछि उद्योगीहरूले आन्दोलनका कार्यक्रम स्थगित गर्दै उद्योग सञ्चालनमा ल्याएका हुन्।

उद्योगीहरूले कार्यदलमार्फत समस्याको दीर्घकालीन समाधान खोजिने विश्वास व्यक्त गरेका छन् भने सरकारले पनि चिया निर्यातमा देखिएका अवरोध हटाउन आवश्यक कूटनीतिक तथा प्रशासनिक पहल अघि बढाउने जनाएको छ।