२३ जेष्ठ २०८३, शनिबार
,
Latest
पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला क्रिकेट : विराटनगरको दोस्रो जीत



अ+ अ-

काठमाडौं । विराटनगर टाइटन्सले पोखरा पल्टनलाई पराजित गर्दै वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जीत हात पारेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले पोखरा पल्टनलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको हो ।

यसअघि विराटनगरले पहिलो खेलमा ललितपुर फाल्कोन्सलाई चार विकेटले हराएको थियो । पोखराले दिएको ९५ रनको सामान्य लक्ष्य विराटनगरले १५ ओभरमा चार विकेट गुमाएर पूरा ग¥यो । विराटनगरको जितमा लक्ष्मी चौधरीले सर्वाधिक २३ रनको योगदान दिँदा ज्योति पाण्डेले २२, अश्मिना कर्माचार्यले अविजित १६ तथा डोली भट्टले १२ रन जोडिन् ।

बलिङतर्फ पोखराकी सीता राना मगरले दुई विकेट लिइन् । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर ९४ रन जोडेको थियो । पोखराका लागि कविता कुँवरले अविजित २२ रन जोड्दा सीता राना मगरले १६, अञ्जली चन्दले १५, रेवती धाँमीले १२ तथा सरस्वती मगर १० रनमा अविजित रहिन् । पोखरालाई सस्तैमा समेट्नेक्रममा विराटनगरकी सबनम राईले दुई विकेट लिइन् भने सोनु खड्काले एक विकेट झारिन् ।

जितसँगै विराटनगरले दुई खेलमा चार अङ्क जोडेको छ भने पोखराको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा पोखरा क्वाट क्विन्स काठमाडौँसँग ८२ रनले पराजित भएको थियो । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीको आयोजनामा भएको उक्त प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछ । सर्वोत्कृष्ट खेलाडीले टिभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सवुमनले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।