४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन

एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन
अ+ अ-

काठमाडौँ । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीको पहलमा पछिल्लो एक दशकदेखि प्रवाह हुँदै आएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरिएको छ।

आर्थिक वर्ष २०७२/७३ देखि हालसम्म वितरण गरिएको कृषि तथा पशुपन्छी अनुदानको पारदर्शिता, प्रभावकारिता र सम्भावित दुरुपयोगको अध्ययन गर्न सहसचिव बद्रीप्रसाद दाहालको संयोजकत्वमा कार्यदल गठन गरिएको मन्त्रालयले जनाएको छ। कार्यदललाई छ महिनाभित्र विस्तृत प्रतिवेदन पेस गर्न समयसीमा तोकिएको छ।

कार्यदलले विगतका प्रतिवेदनहरूको पुनरावलोकन गर्दै अनुदान दुरुपयोगको अवस्था पहिचान गर्ने, साथै सुधारका लागि आवश्यक सुझाव प्रस्तुत गर्नेछ। अनुदान कार्यक्रमहरूको प्रभावकारिता विश्लेषण गर्दै सफल अभ्यासहरूको पहिचान गरी ‘ग्याप एनालाइसिस’ सहित नीतिगत सिफारिस गर्ने कार्यादेश पनि दिइएको छ।

नेपालको कुल गार्हस्थ उत्पादनमा करिब २५ प्रतिशत योगदान दिने कृषि तथा पशुपन्छी क्षेत्रमा उत्पादन वृद्धि र व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न सरकारले हरेक वर्ष विभिन्न अनुदान कार्यक्रम सञ्चालन गर्दै आएको छ। तर, विगतका वर्षहरूमा अनुदान वास्तविक तथा सीमान्तकृत किसानसम्म प्रभावकारी रूपमा नपुगेको र अनुगमन कमजोर भएको भन्दै आलोचना हुँदै आएको छ।

कार्यदलले कम्तीमा महिनामा दुई पटक वा आवश्यकता अनुसार सोभन्दा बढी पटक मन्त्रालयका सचिवसमक्ष प्रगति विवरण पेस गर्नुपर्नेछ। साथै, अनुदान प्रणालीमा सुधार ल्याउने उपायसहित अन्तिम प्रतिवेदन मन्त्रालयमा बुझाउनेछ।