६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली फुटबललाई अमेरिकी फुटबल महासंघले सहयोग गर्ने



अ+ अ-

काठमाडौ । अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा र अमेरिकी फुटबलका प्रमुख कार्यालय अधिकृत ब्रेन रेमिडीबीच नेपाली फुटबलमा अमेरिकी सहयोग सम्बन्धि मुख्य चार बुँदे सहमती बनेको छ । यस संगै नेपाली फुटबललाई अमेरिकी फुटबल महासंघले सहयोग गर्ने भएको छ ।

एन्फा अध्यक्ष शेर्पाले अमेरिकी फुटबल महासंघका प्रमुख कार्यालय अधिकृत रेमिडीसंग भेट गरेर नेपाल फुटबल विकासमा अमेरिकाले गर्न सक्ने सहयोगको औपचारिक निर्णय गरेका हुन् । उनले यसअघि अमेरिकी फुटबल महासंघका अध्यक्ष कार्लोस कोर्डीरोसंग भेट गरेर नेपाली फुटबलमा सहयोग गर्न आग्रह गरेका थिए ।

सहमती अनुसार अमेरिकाले नेपालको महिला फुटबलको विकासमा सहयोग गर्ने निर्णय भएको छ । त्यस्तै, युवा तथा उत्कृष्ट सिनियर खेलाडी स्काउट सम्बन्धि कार्यशाला ल्याउने समझदारी दुवै पक्षबीच बनेको छ ।

अमेरिकामा रहेका नेपाली प्रशिक्षकलाई प्रशिक्षण कोर्स उपलब्ध गराउन अमेरिकी फुटबल महासंघ सकारात्मक रहेको छ । सन् २०२६ को विश्वकपको प्रचार नेपालको सर्वोच्च शिखर सगरमाथाबाट सुरु गर्न अमेरिका निकै ईच्छुक देखिएको छ ।