१३ आश्विन २०८१, आईतवार
,
Latest
कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर पूर्वमुख्यमन्त्री राईद्वारा ‘हेर्ने कथा’का पात्र प्रकाशलाई जग्गा प्रदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रुसको गोलले रियललाई दिलायो पहिलो जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा स्पेनिस महारथी क्लब रियल मड्रिडले पहिलो जित आत्मसाथ गरेको छ । मंगलबार राति भएको खेलमा टर्किस क्लब गलातासारेमाथि १–० को जित निकाल्दै रियलले नयाँ सिजन प्रतियोगितामा पहिलो जित दर्ता गर्न सफल भएको हो । टर्किस क्लबसंग पराजित भएको अवस्थामा जिदान बर्खास्तीमा पर्ने केही रिपोर्टहरु सार्वजनीक भएका थिए ।

तर टोनी क्रुसले १८ औ मिनेटमा गोल गर्दै रियल मड्रिडलाई जित दिलाउन सफल रहे । यसै सिजन रियल आएका ईडेन हजार्डको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । सोही कारणले रियलले अग्रता दोब्बर बनाउने मौका चुकाएका थियो ।

समूह एको खेलमा रियल मड्रिडले तीन खेलबाट ४ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लिएको छ । पछिल्लो हप्ता नवप्रवेशी क्लब मालोर्कासंग स्पेनिस लिगमा रियल पराजित भएको थियो ।