६ पुष २०८२, आईतवार
,
Latest
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने वर्तमान सरकारले जेन–जीको नेतृत्व गर्न सक्दैनः मिराज ढुंगाना धार्मिक पर्यटनको गन्तव्य बन्दै उत्तरगङ्गा ढोरबराह सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट विधायन ऐन कार्यान्वयनमा सरकार सक्रियः कानूनमन्त्री सिन्हा सरकारलाई राष्ट्रिय सभाका सांसदहरुको प्रश्नः तोकिएको मितिमा निर्वाचन हुन्छ कि हुँदैन ? नोरा फतेहीको कार गम्भीर दुर्घटनामा पर्यो ओढारमा रात कटाउनुपर्ने अवस्थाको अन्त्य चिसोले गरिब बस्तीको जनजीवन कष्टकर तेस्रो टेस्टमा इङ्गल्याण्डलाई ८२ रनले पराजित गर्दै अष्ट्रेलियाले लगातार पाँचौं पटक एशेज उपाधि जित्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सको जित



अ+ अ-

काठमाडौं । च्याम्पियन्स लिग फुटबलमा युभेन्ट्सले रसियन क्लब लोकोमोटिव मस्कोलाई हराएको छ । घरेलु मैदानमा पाउलो ड्याबाला चम्किदाँ युभेन्ट्सले लोकोमोटिव मस्कोलाई २–१ गोल अन्तरले हराएको हो । युभेन्ट्सको जितमा दुवै गोल ड्याबालाले गरेका थिए । उनले खेलको ७७ औ मिनेट र ७९ औ मिनेटमा शानदा। गोल गरेका थिए ।

खेलमा अग्रता पाहुना टोलीले अलेक्सी मिरान्चुकको गोलबाट लिएको थियो । उनले ३० औ मिनेटमा रसियन क्लबलाई अगाडी बढाएका थिए । तर अर्जेन्टिनी फरवार्डले दोस्रो हाफमा तीन मिनेटको अन्तरमा दुई गोल गर्दै घरेलु टोलीलाई जित दिलाउन सफल रहे ।

युभेन्ट्सले ३ खेलबाट ७ अंक जोडेको छ । एट्लेटिको मड्रिड समान अंक भएपनि गोल अन्तरका आधारमा दोस्रो स्थानमा छ ।