६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्टर्लिङको ह्याट्रिकमा सिटीको दबाब



अ+ अ-

काठमाडौं । रहिम स्टर्लिङको ह्याट्रिकको सहयोगमा म्यान्चेष्टर सिटीले च्याम्पियन्स लिगमा प्रभावशाली जित निकालेको छ । मंगलबार राति भएको खेलमा सिटीले ईटालीको एटलान्टालाई ५–१ गोल अन्तरले हराएको हो । सिटीको स्टर्लिङ ह्याट्रिक गरेर नायक बने । खेलमा अग्रता एटलान्टाले २८ औ मिनेटमा रुस्लान मिलिनोवस्कीको गोलबाट लिएको थियो । ३४ औ मिनेटमा अग्युरोले सिटीका लागि बराबरी गोल गरे ।

त्यसको चार मिनेटपछि पेनाल्टीमा गोल गर्दै अग्युरोले सिटीलाई २–१ ले अघि बढाउन सफल रहे ।५८ औ मिनेटमा स्टर्लिङले ब्यक्तिगत रुपमा गोलको खाता खोल्दै सिटीलाई ३–१ को अग्रता दिलाए । ६४ औ मिनेटमा ब्यक्तिगत दोस्रो गोल गरेका उनले ६९ औ मिनेटमा ह्याट्रिक पुरा गरेका थिए ।

८२ औ मिनेटमा फोडिन रातो कार्ड खादै मैदान बाहिरिएपछि सिटी १० खेलाडीमा सिमित रहेर खेलको अन्त्य गरेको थियो । समूह सीको खेलमा सिटी सतप्रतिशत नतिजा सहित ९ अंक जोड्न सफल रह्यो ।