६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेवान्डोस्कीको दुई गोलमा वायर्नको जित



अ+ अ-

काठमाडौं । युईएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब वायर्न म्युनिखले संघर्षपूर्ण जित निकाल्न सफल भएको छ । समूह चरण अन्तर्गत मंगलबार राति भएको खेलमा वायर्नले ग्रिसको ओलम्पियाकोसलाई ३–२ गोल अन्तरले हराएको हो । ओलम्पियाकोसको मैदानमा सुरुवाती एक गोलको अग्रता उल्टाई वायर्नले जित निकाल्न सकेको थियो ।

वायर्नलाई जित दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । कोर्टिन टोलिस्सोको नाममा एक गोल रह्यो । ओलम्पियाकोसका लागि युसेफ अल अरबी र गुइल्हेर्मीले एक एक गोल फर्काए ।

ओलम्पियाकोसविरुद्धको जितसँगै समूह बी को वायर्नले शतप्रतिशत जितलाई कायम राखेको छ । वायर्नले ३ खेलमा ९ अंक जोडेको छ । र, वायर्न लिगको शीर्ष स्थानमा छ ।