३० श्रावण २०८३, शनिबार
,
Latest
२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको छः स्वास्थ्यमन्त्री मेहता



अ+ अ-

काठमाडाैँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्वास्थ्य बीमा ऐन संशोधनको तयारी भइरहेको बताउनुभएको छ ।

स्वास्थ्य बीमा कार्यक्रमलाई सफलतापूर्वक अघि बढाउनका लागि उक्त तयारी भईरहेको भन्दै उहाँले त्यसका लागि आवश्यक सुझाव दिन सांसदहरुसहित सम्बन्धित सबै पक्षसँग आग्रह पनि गर्नुभयो ।

बुधवार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालय सम्बन्धि विनियोजन शिर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने पनि बताउनु भयो । उहाँले सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साविकको स्वास्थ्य बीमामा समाहित गर्ने लगायतका विषयहरुमा पैरवी भइरहेको पनि बताउनु भयो ।

मन्त्री मेहताले भन्नुभयो,‘स्वास्थ्य बीमा ऐन संशोधन, आधारभूत स्वास्थ्य सेवालाई बीमाबाट अलग गर्ने । सबै संगठित क्षेत्रहरुमा अनिवार्य स्वास्थ्य बीमा गर्ने । सामाजिक स्वास्थ्य सुरक्षा कोष अन्तर्गतको स्वास्थ्य बीमालाई साविकको स्वास्थ्य विमामा समाहित गर्ने लगायतका विषयहरुमा पैरवी गर्दै आएको छ । यसका लागि सबै माननीयज्युहरुको ध्यानाकर्षण र सहयोगको अपेक्षा राखेको छु । सरकारको नीति तथा कार्यक्रम, बजेटअनुसार मन्त्रालयले वार्षिक कार्यक्रमहरु तय गरेको छ । विगत भन्दा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ऐतिहासिक र समृद्धि ल्याउने खालको रहेको छ ।’

मन्त्री मेहताले सरकारले विगत भन्दा बढी प्राथमिकताका साथ स्वास्थ्य क्षेत्रमा बजेटको व्यवस्था गरेको दाबी समेत गर्नुभयो ।