३ असार २०८३, बुधबार
,
Latest
कुटनीतिक पहलमार्फत चिया निर्यातमा देखएिको अवरोध हटाउन माग ‘नागरिक चौतारी’: सरकारलाई सिधै सुझाव दिन मिल्ने डिजिटल प्लेटफर्म कारागारबाट फरार वन्यजन्तु मुद्दाका अभियुक्त पक्राउ नागरिक लगानी कोष र एभरेष्ट बैंकबीच अवकाश कोष सञ्चालन सम्झौता दोधारा–चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति १२ प्रतिशत निजी क्षेत्रलाई गरिखाने वातावरण सिर्जना गर्छौंः अर्थमन्त्री डा वाग्ले रेडक्रसमा नवगठित तदर्थ समितिको पदभार ग्रहण जीवी राई सहकारी घोटाला प्रकरणको अभियुक्त भन्दा पहिले नेपाली नागरिक हुन्, उनको अवस्थाबारे राज्य गम्भीर… डा. कृष्ण गिरी चिकित्सा शिक्षा आयोगको बैठकमा ‘उपाध्यक्ष’को हैसियतमा सहभागिः एमालेले जनायो आपत्ति विदेशमा पिआर लिएर बसेका दुइ कर्मचारीलाई सरकारी सेवामा अयोग्य ठहरिने गरि कारबाही सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा आरोही ट्रान्स महिला निलम पौडेलको गुनासो : ‘स्पोन्सरशिप पाउन ठूलो संघर्ष गर्नुपर्‍यो’



अ+ अ-

काठमाडाैँ । सगरमाथा आरोहण गर्ने पहिलो ट्रान्स महिला निलम पौडेलले हिमाल आरोहणका लागि आवश्यक प्रायोजन (स्पोन्सरशिप) प्राप्त गर्न आफूले ठुलो संघर्ष गर्नुपरेको भन्दै गुनासो गर्नुभएको छ ।

बुधवार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले सगरमाथा आरोहण गर्नको लागि सरकारी निकायसहित साझेदार संस्थाहरुबाट पर्याप्त सहयोग नपाएको गुनासो गर्नुभएको हो ।

उहाँले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायप्रति समाजमा अझै पनि विभेदपूर्ण दृष्टिकोण रहेको उल्लेख गर्दै आफू ट्रान्स समुदायको भएकै कारण सहयोग पाउन नसकेको बताउनु भयो । उहाँले विभिन्न कार्यक्रम तथा फेसन शोहरू आफ्नै लगानीमा सञ्चालन गर्दै आएको भएपनि सगरमाथा आरोहण जस्तो अन्तरराष्ट्रिय महत्वको अभियानका लागि भने सहयोग प्राप्त हुने अपेक्षा गरेपनि त्यस्तो हुन नसकेको बताउनु भयो ।

उहाँले विभिन्न पालिका तथा वडा कार्यालयहरुले छलफलका लागि बोलाएको भएपनि आफू यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको भएको थाहा पाएपछि पछि हट्ने गरेको बताउनु भयो । उहाँले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका सदस्यहरू पर्यटन क्षेत्रमा टुरिस्ट गाइडका रूपमा सक्रिय रहेको र नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुर्याइरहेको पनि बताउनु भयो । राज्यले यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको योगदानको सम्मान गर्दै नेपाललाई एलजीबीटीआई–मैत्री राष्ट्रको रुपमा नागरिकसमक्ष सन्देश प्रवाह गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हिमाल आरोहणको लागि स्पोन्सर गरिरहेका ब्राण्ड र कम्पनीहरुले मेरो प्रश्तावलाई सिधै अस्वीकार गरिदिनुभयो । हामी ट्रान्सहरुलाई सधैं नराम्रो नजरले किन हेर्ने ? हामी पनि राम्रो काम गर्न सक्छौँ तपाईंहरु साथ दिनुस् न । मैले आफैंले आफ्नै पैसामा धेरै इभेन्टहरु गरेर आएको छु । मलाई कसैले पनि साथ दिएको छैन । मैले आफ्नै पैसा लगानी गरेर फेसन सोको आयोजना समेत गर्ने गरेको छु । त्यहाँ सहयोग मिलेन । सगरमाथा आरोहण गर्न जाँदा त सहयोग मिल्छ भन्ने आश थियो त्यो पनि भएन । अहिले हाम्रो कम्युनिटीको धेरै  जना टुरिष्ट गाइड हुनुहुन्छ । हामीले नेपालको पयर्टन प्रवद्र्धनको लागि समेत सहयोग गरिरहेका छौँ । यौनिक तथा लैङ्गिक अलपसंख्यक समुदायले गरिरहेको योगदानलाई कदर गर्दै राज्यले नेपाल देश एलजिपिटीआई फ्रेण्ड्ली छ र हामी पनि सबै काम गर्न सक्छौँ भनेर भनिदिनुभयो भने राम्रो हुन्छ ।’

व्यवसायिक मेकअप कलाकार निलम पौडेलले मध्य जेठमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी कीर्तिमान कायम गर्नुभएको थियो । उहाँले यो सफलता सीमान्तकृत समुदायको ठूलो जित भएको बताउनु भयो ।