३० श्रावण २०८३, शनिबार
,
Latest
२४ घण्टामा विपद्बाट १३ जनाको मृत्यु, ५ बेपत्ताः वैशाख यता २२९ जनाले ज्यान गुमाए तयार भयो तर प्रयोगमा आएन कनकाईको विद्युतीय शवदाह गृह उच्च अदालत पाटन बारमा मतदान जारी कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता इन्डोनेसियामा शक्तिशाली भूकम्प, कम्तीमा पाँच जनाको मृत्यु विद्युत ऐनले निजी क्षेत्रलाई विद्युत निर्यात गर्न रोक्दैनः उर्जाविज्ञ अधिकारी निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन अपरिहार्यः अध्यक्ष डाँगी विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गर्न कानून संशोधन गर्दैछौँः सचिव दुवाडी एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गोपनीयता, प्रेस स्वतन्त्रता र पक्राउको प्रश्न : किशोर श्रेष्ठ प्रकरणले उठाएको संवैधानिक बहस
तपाईं के खोज्दै हुनुहुन्छ ?

विश्व एआइ सम्मेलन २०२६ चीनमा हुने



अ+ अ-

काठमाडाैँ । चीनको साङ्घाईमा आगामी जुलाईमा विश्व कृतिम वौद्धिकता (एआई) सम्मेलन २०२६ तथा विश्व व्यापी (ग्लोबल एआई गभर्नेन्स ) सम्बन्धि उच्च–स्तरीय बैठक आयोजना गर्ने तयारी गरिरहेको चिनियाँ अधिकारीले बुधबार बताएका छन् ।

“चीनले यस सम्मेलनलाई सबै पक्षहरूसँग एआइ सम्बन्धि अन्तर्राष्ट्रिय सहयोगलाई अझ सुदृढ पार्ने अवसरको रूपमा लिन उत्सुक रहेको राष्ट्रिय विकास र सुधार आयोगका उप–प्रमुख झोउ हाइबिङले पत्रकार सम्मेलनमा बताउनु भएको छ ।

एआइले मानवको भविष्यमा ठुलो असर पार्ने बताउदै यो सबै देशहरूले सामना गर्ने साझा सवाल भएको झोउले बताउनु भएको छ । चीनले बहुपक्षवाद, खुलापन र समावेशीकरणको सिद्धान्तलाई समर्थन गर्दै एआइको युगमा विश्वव्यापी विकासमा आधुनिक चिनियाँ समाधानहरूसहित उल्लेख्य योगदान पुर्याएको जनाइएको छ ।

उहाँले चीनले विकास तथा सुरक्षा प्रयासहरू समन्वय गर्ने र बहुपक्षवादलाई सक्रिय रूपमा अभ्यास गर्नेछ, र जन–केन्द्रित एआइ पनि विकास गर्ने सिद्धान्तलाई समर्थन गर्ने जनाइएको छ ।