३० श्रावण २०८३, शनिबार
,
Latest
लामवद्ध नागरिक भन्छन्ः दिनभर कुर्दा पनि ग्यास पाएनौँ (तस्बिरसहित) अनलाइनमार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने वर्तमान सरकार ‘कामचलाउ’ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छः डा. शशांक कोईराला गगन र विश्वप्रकाशलाई दीपक खड्काले भनेः जनताबाट अस्वीकृत हुनुभयो, केको लागि रडाको गरेको ? काँग्रेसलाई जीवन्त राख्न गुटबन्दी र नातावाद अन्त्य हुनुपर्छः नेता चौधरी ललितपुर महानगरद्धारा पुनर्निर्माण गरिएको सप्तपाताल पोखरीको उद्घाटन लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिनेः स्वास्थ्यमन्त्री निशा मेहता पोखरामा ६ करोडका सुविधासम्पन्न लक्जरियस बस भित्रिए, बसभित्रै चिया–कफी र शौचालयको सुविधा पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता यातायात व्यवस्था कार्यालयद्वारा ५८ करोड ५३ लाखभन्दा बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि चिया उद्योग र बगान अनिश्चितकालका लागि बन्द



अ+ अ-

काठमाडाैँ । नेपाली चिया उद्योग गम्भीर सङ्कटमा परेको भन्दै चिया उद्योगीहरूले भोलि असार ४ गतेदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन् ।

भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसेजर’ (एसओपी) का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि यहाँस्थित चिया उद्योगीले उक्त कदम चालेका हुन् । नेपालमा उत्पादित सिटिसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब रु १२ देखि रु १४ अर्ब रहेको र त्यसमध्ये करिब रु पाँच अर्ब बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका महासचिव शुक्र दाहालले बताउनुभयो ।

नेपाल चिया उत्पादक सङ्घ झापाले आज भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी भोलिदेखि चिया उद्योग र चिया बगान बन्द गर्ने जनाउ दिएका छन् । उहाँले विकल्पमा बङ्गलादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने बताउनुहुँदै त्यसतर्फ निर्यातका लागि पहल गरिदन पराजुलीले सरकारसँग माग गर्नुभयो ।

चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ, भने वार्षिक रु एक अर्ब राजस्व बुझाउँदै आएको छ ।