२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एल क्लासिकोको नयाँ मिति समेत विवादित बन्यो



अ+ अ-

काठमाडौं । एल क्लासिको अन्तर्गत पहिलो लेगको खेलका लागि घोषणा गरिएको डिसेम्बर १८ को नयाँ मिति विवादित बनेको छ । डिसेम्बर १८ मा घोषणा गरिएको स्पेनिस लिग अन्तर्गत बार्सिलोना र रियल मड्रिडबीचको खेल घोषित नयाँ मितिमा ला लिगाले असहमती जनाएपछि विवादित बन्न पुगेको हो ।

स्पेनिस फुटबल महासंघले घोषणा गरेको डिसेम्बर १८ को नयाँ मितिमा पहिलो लेगको एल क्लासिको गर्न नसक्ने ला लिगाले जनाएको छ । ला लिगाले स्पेनिस फुटबल महासंघको निर्णयविरुद्व न्यायिक उपचार खोज्ने समेत खुलाएको छ । तालिका अनुसार अक्टोबर २६ मा क्याप नाउमा पहिलो लेगको खेल तय थियो ।

तर राजनीतिक अस्थिरताको कारण देखाउँदै ला लिगाले रियल मड्रिडको मैदानमा पहिलो लेगको खेल सार्न प्रस्ताव गरेको थियो । स्पेनिस महासंघ र दुवै क्लब डिफेम्बर १८ मा पहिलो लेग गर्ने बिषयमा सहमती नजिक पुगेका थिए । तर ला लिगाले डिसेम्बर ७ का लागि छलफल गरिरहेको थियो ।

सोही हप्ता रियल मड्रिड र स्प्यानियोल तथा बार्सिलोना र माकोर्लाबीचको खेल तय छ । जुन खेल डिसेम्बर ४ मा खेलिनेछ । तर अधिकतम टिभीमा प्रर्दशन गर्न ला लिगाले बिदाको दिन प्रस्ताव गरेको छ ।