४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

चिया क्षेत्रको संकटप्रति सांसद राईको चिन्ताः सरकारी उदासीनताका कारण निर्यातमा अवरोध

चिया क्षेत्रको संकटप्रति सांसद राईको चिन्ताः सरकारी उदासीनताका कारण निर्यातमा अवरोध
अ+ अ-

काठमाडाैँ । नेपाली काँग्रेसका सचेतक निश्कल राईले पूर्वी पहाडी जिल्ला इलामको मेरुदण्डका रूपमा रहेको चिया उद्योग गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

निर्यातमा देखिएका बाधा र बजार व्यवस्थापनको अभावमा चिया उद्योगहरू बन्द हुने अवस्थामा पुगेकोप्रति उहाँले चिन्ता व्यक्त गर्नुभयो । संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद राईले इलामका अधिकांश नागरिकको जीविकोपार्जनको मुख्य स्रोत चिया भएपनि सरकारले यस क्षेत्रको समस्या समाधानमा तदारुकता नदेखाएको आरोप लगाउनु भयो ।

उहाँले चिया किसान र व्यवसायीहरूले भोग्दै आएका समस्याका बारेमा आफूले पटक–पटक सदन र सरकारको उच्च तहमा कुरा उठाए पनि सुनुवाई नभएको गुनासो गर्नुभयो । नेपाली चियाको प्रमुख बजारका रूपमा रहेको छिमेकी राष्ट्र भारतको पश्चिम बंगाल सरकारले गुणस्तर परीक्षणका नाममा नेपाली चियालाई अनावश्यक दुःख दिइरहेको सांसद राईले बताउनु भयो । उहाँकाअनुसार पानीट्याङ्की नाकामा नेपाली चियाका कन्टेनरहरू १५ दिनसम्म रोकिने गरेका छन् ।

उहाँले भन्नुभयो, ‘परीक्षणका नाममा १५ दिनसम्म कन्टेनर रोकिँदा व्यवसायीहरूले ठुलो क्षति बेहोर्नुपरेको छ । नेपालको चिया तुलनात्मक रूपमा गुणस्तरीय भएपनि भारतीय पक्षबाट हुने नेगेटिभ रिपोर्टिङ र अवरोध सुनियोजित देखिन्छ ।’

यो समस्या प्राविधिक मात्र नभई कुटनीतिक भएको उल्लेख गर्दै उहाँले सरकार–देखि–सरकार तहमा वार्ता गरेर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिनुभयो । परराष्ट्रमन्त्री र अन्य उच्च अधिकारीहरूको हालैका वैदेशिक भ्रमणहरूमा यो विषयले प्राथमिकता नपाउनु दुर्भाग्यपूर्ण रहेको उहाँको टिप्पणी थियो ।

नेपाली चियाको गुणस्तर प्रमाणित गर्न नेपालमै अन्तर्राष्ट्रिय स्तरको परीक्षण केन्द्र स्थापना गर्नुपर्ने माग राईले अघि सार्नुभयो । राज्यले चियालाई प्रमुख नगदे बाली र राजस्वको स्रोतका रूपमा स्वीकार्न नसकेको उहाँको तर्क छ । चिया बगानको संरक्षण, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारका लागि सरकारले नयाँ स्टार्टअप र सहुलियतका कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनु भयो ।

व्यवसायीहरू आन्दोलित भई माईतीघर मण्डलामा धर्ना बस्ने तयारीमा रहेको उल्लेख गर्दै सांसद राईले सरकारलाई बेलैमा सचेत बन्न आग्रह गर्नुभयो । प्रतिपक्षमा रहे पनि आफू चिया किसानकै छोरा भएको नाताले यस क्षेत्रको समस्या समाधानका लागि निरन्तर आवाज उठाइरहने र सरकारलाई जबाफदेही बनाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।