९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बिजुलीका तार भूमिगत गर्न नगरपालिका र जग्गाधनीले आधा–आधा खर्च व्यहोर्ने

बिजुलीका तार भूमिगत गर्न नगरपालिका र जग्गाधनीले आधा–आधा खर्च व्यहोर्ने
अ अ+ अ-

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण र सरोकारवालाले दुई वर्षअघि नै काठमाडौं उपत्यकाभित्रका सबै तार भूमिगत गर्ने निर्णय गरे पनि अहिलेसम्म काम सुरु भएको छैन । भक्तपुरको मध्यपुरथिमि नगरपालिकाले भने जग्गाधनीको लागत साझेदारीमै बिजुलीका तार भूमिगत गर्ने भएको छ । प्राधिकरणको ठिमी शाखादेखि गठ्ठाघरस्थित राधाकृष्ण मन्दिरसम्मको तार भूमिगत गर्न नगरपालिकाले बजेट विनियोजन गरेको छ । नगरपालिकाले ५० प्रतिशत र जग्गाधनीले ५० प्रतिशत लागत साझेदारी गर्ने सहमति गरेका छन् ।

घनाबस्तीमा टाँगिएका नांगा तार र साँघुरा सडकमा गाडिएका पोलले दुर्घटना निम्त्याउने भएकाले जोखिम कम गर्न तारलाई भूमिगत गर्ने योजना अघि सारिएको मेयर मदनसुन्दर श्रेष्ठले बताए । ‘पुराना पोलमा जथाभावी टाँगिएका तारले बजार कुरूप बनाएको छ, बस्तीमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुने रहेछ,’ उनले भने, ‘त्यसैले स्थानीयको लागत सहभागिताबाटै तारलाई भूमिगत गर्न लागिएको हो ।’ तार भूमिगत गर्न नेपाल विद्युत् प्राधिकरणले प्राविधिक सहयोग गर्ने उनले बताए ।

नगरपालिकाले प्राधिकरणलाई तार भूमिगत गर्ने र पोल हटाउने प्रस्ताव गरेपछि प्राधिकरणले सर्भे गरी एक करोड ९८ लाख रुपैयाँको लागत इस्टिमेटसमेत तयार गरेको छ । स्थानीयबाट पनि रकम संकलन भइसकेको छ । नगरपालिकाले प्राधिकरणलाई बजेट दिइसकेकाले चालू आर्थिक वर्षभित्रै तार भूमिगत गर्ने काम पूरा हुने वडा नम्बर ६ का अध्यक्ष इन्द्रबहादुर प्रजापतिले बताए । वितरण केन्द्रदेखि राधाकृष्ण मन्दिरसम्म वडा नम्बर २, ६ र ७ को १ दशमलब ९ किमि क्षेत्रमा तार भूमिगत गरिनेछ ।

तार भूमिगत गर्न स्थानीय जग्गाधनीले प्रतिफिट २५ सय रुपैयाँका दरले नगरपालिकालाई पैसा दिएका छन् । प्राधिकरणको ठिमी वितरण केन्द्रका प्रमुख सुवोध शर्माका अनुसार नगरपालिकाले तार भूमिगत गर्ने योजनाका लागि बजेट दिइसकेको छ । ‘अवरोध नभए एक महिनामै काम सकिन्छ, तर सबै प्रक्रियाका लागि केही ढिलाइ हुन सक्छ,’ उनले भने, ‘जे होस्, चालू आर्थिक वर्षभित्रै तार भूमिगत भइसक्छ ।’ नगरपालिकाले काम थाल्न एक करोड रुपैयाँ भुक्तानी दिइसकेको शर्माले बताए ।

बाँकी रकम पनि काम सुरु हुनासाथ भुक्तानी दिने लिखित प्रतिबद्धता आइसकेको उनले बताए । तार भूमिगत गरेपछि प्राधिकरणका कर्मचारीले स्टेसनमै बसेर विद्युत्को लाइन काट्न सक्नेछन् । कम जनशक्तिबाटै काम हुनुका साथै विद्युत् चुहावटसमेत नियन्त्रण गर्न सहयोग पुग्नेछ । प्राधिकरणले तिहारपछि टेन्डर निकाल्ने र काम थाल्ने वितरण केन्द्रका प्रमुख शर्माले जानकारी दिए ।

उपत्यकामा जथाभावी फैलिएका बिजुलीका नांगा तार र अव्यवस्थित पोलका कारण बर्सेनि जनधनको क्षति हुने गरेको छ । प्राधिकरणले भने एडिबीको ऋण सहयोगमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रबाट काम थाल्ने तयारी गरेको छ । नयाँ पत्रिका दैनिकबाट