९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेपाल संस्कृत विश्वविद्यालयका वर्तमान पदाधिकारीमाथि मन्त्री पोखरेलको आक्रोश

नेपाल संस्कृत विश्वविद्यालयका वर्तमान पदाधिकारीमाथि मन्त्री पोखरेलको आक्रोश
अ अ+ अ-

काठमाडौं । दाङको बेल्झन्डीस्थित नेपाल संस्कृत विश्वविद्यालयको ७२औं बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमेत रहेका सहकुलपति गिरिराजमणि पोखरेलले विश्वविद्यालयका वर्तमान पदाधिकारीमाथि आक्रोश व्यक्त गरेका छन् । उनले विश्वविद्यालयको बेथितिबारे सांसदबाट सुन्नुपर्ने भन्दै विश्वविद्यालयले आफूसँग पर्याप्त समन्वय नगरेको भन्दै आक्रोश पोखेका हुन् ।

केही समयअघि प्रतिनिधिसभाको बैठकमा सांसदहरूले संस्कृत विश्वविद्यालय सभाको बैठक बस्नमा ढिलाइ किन भइरहेको छ ? भनी प्रश्न गरेका थिए । जवाफमा मन्त्री पोखरेलले विश्वविद्यालयसभा बैठकका लागि उपकुलपतिले सम्पर्क गर्नुपर्ने बताउँदै विश्वविद्यालयबाट सभाका लागि भन्दा पनि बजेटसँग सम्बन्धित कामबारे मात्र पत्र प्राप्त भएको बताएका थिए ।
बैठकको अध्यक्षता गरेका सहकुलपति समेत रहेका शिक्षामन्त्री पोखरेलले पदाधिकारी विश्वविद्यालयप्रति जिम्मेवार नभएको बताए ।

उनले भने, तलब खुवाउन मैले बैठक डाक्नुपर्ने, पदाधिकारीले कमसेकम बैठक बोलाऔं त भन्नुपर्ने हो नि ? उनले विश्वविद्यालय विस्तारै खस्कँदै गएपछि सम्पर्क कार्यालय हटाएको बताए । काम नगरी काठमाडौं बस्ने अनि तलब खाइरहने देखेपछि सम्पर्क कार्यालय हटाउने निर्णय गरिएको बताए । उनले संस्कृत विश्वविद्यालयले समग्र संस्कृतिको प्रवद्र्धनमा प्रभावकारी भूमिका नखेलेको आरोप पनि लगाए ।

उनले विश्वविद्यालयका पदाधिकारीले प्राध्यापकलाई बढी स्थान दिएको तर कर्मचारीलाई महत्व नदिएको गुनासो गरे । सो अवसरमा सांसदले विश्वविद्यालयको साख गिर्दै गएको भन्दै यसको अस्तित्व रक्षाका लागि पदाधिकारीले पहलकदमी लिनुपर्ने बताए । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले विश्वविद्यालयलाई भागबन्डाको थलो बनाउन नहुने बताइन् । सांसद रेखा शर्माले विश्वविद्यालयको निर्णय कार्यान्वयनको सुनिश्चितताको माग गरिन् । करिब ३ घण्टा चलेको सिनेट कार्यक्रम र बजेटमा सीमित भएको छ ।

विश्वविद्यालयको दीक्षान्त समारोह नभएको १० वर्ष भएको छ । २०६७ सालदेखि दीक्षान्त समारोह नहुँदा दीक्षित हुन योग्य व्यक्तिहरू निकै मारमा परेका छन् । सिनेटले आगामी २७ जेठ २०७७ मा दीक्षान्त समारोह गर्ने प्रस्ताव पारित गरेको छ । यस्तै, विश्वविद्यालयको जग्गा व्यवस्थापनलगायतका विषय टुंग्याउन र ऐननियम संशोधन सन्दर्भमा विश्वविद्यालयका कुलसचिव माधवप्रसाद अधिकारीको संयोजकत्वमा समिति गठन गर्ने सिनेटले निर्णय गरेको छ ।

विश्वविद्यलायको १ हजार ८ सय बिघा जग्गा भए पनि देउखुरीमा रहेको १ हजार ३ सय ३६ बिघा जग्गा अतिक्रमणमा परेको छ । यस्तै, बैठकले आर्थिक वर्ष २०७६/७७ का लागि १ अर्ब ६ करोड १२ लाख रुपैयाँ बजेट पारित गरेको छ । जसअन्तर्गत विश्वविद्यालय अनुदान आयोगबाट १ अर्ब २१ लाख र आन्तरिक स्रोतबाट ५ करोड ९१ लाख बेहोर्ने प्रस्ताव पारित भएको छ ।

सहभागी प्राध्यापकले आंगिक क्याम्पसमा स्थायी प्राध्यापक नियुक्ति हुन नसकेको, शैक्षिक गतिविधिलाई महत्व नदिएको गुनासो गरेका थिए । विश्वविद्यालयका सहकुलपति पोखरेलको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा उपकुलपति रमेश ढकालले शैक्षिक कार्यक्रम निरन्तर र बजेट सम्बन्धमा प्रस्ताव पेस गरेका थिए । राजधानी दैनिकबाट