९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

प्रधानमन्त्री कार्यालयको निर्देशनले फटाफट पुरिँदै उपत्यकाका खाल्डाहरु

प्रधानमन्त्री कार्यालयको निर्देशनले फटाफट पुरिँदै उपत्यकाका खाल्डाहरु
अ अ+ अ-

काठमाडौं उपत्यकाका सडकका खाल्डाखुल्डी पुर्न थालिएको छ । प्रधानमन्त्री कार्यालयले निर्देशन दिएसँगै खाल्डा पुर्न थालिएको हो । प्रधानमन्त्री कार्यालयले २८ असोजमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल), केयुकेएलअन्तर्गतकै आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी), सडक विभागलगायत निकायलाई बोलाएर खाल्डा पुर्न निर्देशन दिएको थियो । अहिले सबै निकायले खाल्डा पुर्न थालेका छन् ।

‘प्रधानमन्त्री कार्यालयमा भएको छलफलपश्चात् अहिले सडकका खाल्डाखुल्डी पुर्न थालेका छौँ,’ आयोजना कार्यान्वयन निर्देशनालयका कार्यबाहाक निर्देशक भोजविक्रम थापाले भने, ‘पिआइडी, केयुकेएल र सडक विभागले खाल्डाखुल्डी पुर्ने र पाइप मर्मत गर्ने काम गरिरहेका छन् ।’

उनका अनुसार सडकका केयुकेएलले चुहावट नियन्त्रण र पाइप मर्मतसँगै सडक मर्मतको काम गरिरहेको छ । विभागले आठ मिटरभन्दा माथिका सडकमा र पिआइडीले मेलम्ची खानेपानी अयोजनाका पाइप बिछ्याउने क्रममा खनिएका सडक मर्मत गरिरहेको छ । पिआइडीले खाल्डा पुर्न विभागलाई ८५ करोड दिएको थापाले जानकारी दिए ।

रातारात काम गर्दै केयुकेएल
केयुकेएलले चुहावट नियन्त्रण गर्ने काम रातारात गरिरहेको छ । चुहावट नियन्त्रणलाई तीव्रता दिइएको प्रवक्ता प्रकाश राईले जानकारी दिए । ‘कतिपय अवस्थामा सडक खन्नुपर्ने हुन्छ । त्यसका लागि सडक विभागसँग एकमुष्ठ रूपमा अनुमति लिएर काम गरिरहेका छौँ,’ उनले भने, ‘लिकेज नियन्त्रण र सडक मर्मतको काम एकैसाथ गरिरहेका छौँ ।’ उनले चुहावट नियन्त्रणसँगै सडक मर्मतको काम रफ्तारमा अघि बढेको बताए । ‘पुराना पाइप भएकाले चुहावट धेरै हुने गरेको छ । तर, त्यसको नियन्त्रण र सडक मर्मत जतिसक्दो चाँडो सक्ने हाम्रो लक्ष्य छ ।’ नयाँ पत्रिका दैनिकबाट