९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

अख्तियार दुरुपयोग अनुसन्धान आयोग: संगठित रूपमै भिजिट भिसामा मानव तस्करी

अख्तियार दुरुपयोग अनुसन्धान आयोग: संगठित रूपमै भिजिट भिसामा मानव तस्करी
अ अ+ अ-

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयबाट संगठित रूपमै भिजिट भिसामा मानव तस्करी हुने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले देखाएको छ । बिचौलियासँग मिलेर हरेक सिफ्टमा सेटिङ मिलाएर मानव तस्करी हुँदै आएको आयोगले जनाएको छ । आयोगले अध्यागमनका ११ अधिकृत र दुई कम्पयुटर अपरेटविरुद्ध मुद्दा दायर गरी थप अनसन्धान थालेको छ । आयोगले मुद्दा दायर गरेका १३ जनाले सेटिङकै लागि गोप्य मोबाइल बोकेका थिए ।

सेटिङमा प्रस्थान अनुमति दिनुपर्ने व्यक्तिहरूको नाम त्यही मोबाइल एसएमएस आउने गर्दथ्यो । प्रतिव्यक्ति १० हजार रुपैयाँ लिएर उनीहरूले आवश्यक कागजपत्रसमेत नहेरी प्रस्थान अनुमति दिने गर्दथे । आयोगले २४८ जनालाई त्यसरी सेटिङमा उडाएको खुलेपछि २४ लाख ८० हजार रुपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिसकेको छ । अध्यागमन अधिकृतकहरू कमलप्रसाद पराजुली, नरहरि बराल, दिनेश केएम, तोरण पराजुली, चक्रबहादुर श्रेष्ठ, मनोजकुमार पोखरेल, विजय सापकोटा, शैलेन्द्र ढकाल, वीरसिङ्ग भण्डारी, पदमप्रसाद बजगाईँ¸ जगदीशचन्द्र नेपाली र कम्प्युटर अपरेटरहरू रोशन गौतम र भोजप्रकाश न्यौपानेविरुद्ध आयोगले मंगलबार मुद्दा दायर गरेको हो ।

उनीहरूमध्ये पराजुलीलाई पक्राउ गरेर मुद्दा दायर गरिएको थियो । विशेष अदालतको आदेशमा उनी बिहीबार तीन लाख धरौटीमा छुटेका छन् । अन्यलाई फरार बनाएर मुद्दा दायर गरिएको थियो । उनीहरूले सेटिङमा पठाएका व्यक्तिहरूको नाम नै सफ्टवेयर इन्ट्री नगर्ने छानबिनमा खुलेको छ । सेटिङकै लागि कतिपय अवस्थामा सफ्टवेयरसमेत बिगार्ने गरेका थिए ।

गोप्य मोबाइलबाट खुल्यो पोल
गत १५ साउनको बिहानी सिफ्टमा पराजुली डिउटीमा थिए । डिपार्चरको १३ नम्बर डेस्कमा उनको जिम्मेवारी थियो । अख्तियारको अनुसन्धानअनुसार पासपोर्टमा छाप लगाउनुअघि उनले सर्भरको तार निकाल्छन् र लाइनमा भएकामध्ये नाम हेरेर २० महिलालाई अगाडि बोलाएर भिजिट भिसामा खाडी देश जाने अनुमति दिन्छन् । जुन विषयले अध्यागमन कार्यालयभित्रै चर्चाको विषय हुन्छ । माथिल्ला अधिकारीसम्म उजुरी पुगेपछि छानबिन सुरु हुन्छ ।

अख्तियारमा समेत उजुरी परेपछि अध्यागमन विभागले उनलाई आयोगलाई बुझाएको थियो । त्यसरी सर्भरको तार निकालेको सिसिटिभी फुटेजकै आधारमा छानबिन सुरु भएको थियो । सुरुमा अनुसन्धान सोही दिनको सेटिङमा केन्द्रीत थियो । तर, जब डेराको दराजमा लुकाएको मोबाइल फेला पर्छ, त्यसले अध्यागमनमा हुने संगठित सेटिङको संकेत मिल्दछ ।

सेटिङमा बोर्डिङ पास
भिजिट भिसाको सेटिङमा नेपाल एयरलाइन्सका कर्मचारीमाथि समेत आयोगले छानबिन थालेको छ । अधिकृत पराजुलीसँगको गिरोहमा आबद्ध देखिएका विजय अधिकारी र भोजराज कटवालमाथि आयोगले छानबिन थालेको हो । भिजिट भिसामा खाडी जानेहरूसँग सरकारले तोकेअनुसार कागजपत्र तथा डलर नभएमा एयरलाइन्सले नै बोर्डिङ पास दिन पाउँदैन ।

तर, कतिपय अवस्थामा नेपाल एयरलाइन्सका कर्मचारीले सेटिङमा बोर्डिङ पास उपलब्ध गराएका थिए । पराजुलीले नै नेपाल एयरलाइन्सका कर्मचारीहरूले आफुलाई सहयोग गर्दै आएको बताएका छन् । विगतमा पनि यस्तो घटनामा एयरलाइन्सका कर्मचारी पक्राउ परिसकेका छन् ।

त्यस्तै, सोही गिरोहमा अध्यागमन अधिकृतहरू मित्रदेव लम्साल, सुरेश श्रेष्ठ, युवराज परियार, यामबहादुर बुढा र मोहन केसीविरुद्ध समेत आयोगले भिटिज भिसामा सेटिङ गराएको आरोपमा छानबिन गरिरहेको छ । एयरलाइन्सका कर्मचारी तथा थप व्यक्तिमाथि दोस्रो चरणमा मुद्दा दायर गरिने अख्तियारका एक अधिकारीले बताए । नयाँ पत्रिका दैनिकबाट