९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा

बला’त्कार मु’द्दामा न्याय पाएकी पूजाको न्यायाधीश बन्ने लक्ष्य

बला’त्कार मु’द्दामा न्याय पाएकी पूजाको न्यायाधीश बन्ने लक्ष्य
अ अ+ अ-

बैतडी । सदरमुकाम खलंगाबाट दुई घण्टाको दूरीमा पर्छ बैतडी–डडेल्धुराको सिमाना अनारखोली । त्यहाँबाट भित्र करिब दुई घण्टा कच्ची सडक पार गरेपछि पाटन नगरपालिका–१ को विकट गाउँ डँसिली पुगिन्छ । त्यही गाउँको एउटा पुरानो घरमा रहेको चिया पसलमा रामसिंह बोहरा चुलो बाल्दै थिए ।
रामसिंह जसले बैतडीको चर्चित बलात्कार घटनामा पीडित भएकी छोरी पूजाका लागि ८ वर्षसम्म निरन्तर न्यायको लडाइँ लडिरहे । आफूलाई भेट्न आउने खबर पाएकाले शुक्रबार उनी कुरेर बसेका थिए । पुग्नेबित्तिकै मुसुक्क हाँस्दै स्वागत गरे । ‘ढिलै भए पनि न्याय पाइयो,’ उनले भने, ‘बिहान गाउँकै एक जनाले सुनाए, छोरीले न्याय पाउने भई रे !’

उनका दुई घर रहेछन् । एउटा पसल नजिकै, अर्को अलि तल । ‘म बिहानै आइहालेँ, घर गएर छोरीलाई भेट्नै पाएको छैन,’ उनले भने, ‘उसले थाहा पाई कि पाइन ।’

सर्वोच्च अदालतले बिहीबार आरोपितलाई निर्दोष ठहर गर्ने पुनरावेदन अदालतको फैसला उल्ट्याएको खबर देशभर फैलिइसकेको थियो । रामसिंहले भने भोलिपल्ट बिहान मात्र थाहा पाए । उनले भने, ‘न फोन छ, न रेडियो ।’

घरसम्म जाँदा करिब १५ मिनेट पैदल यात्रामा उनले आफ्ना पीडा एकोहोरो सुनाए । ०६८ सालमा बुबाको वार्षिक श्राद्धकै दिन छोरीमाथि घटना भएको उनले सम्झिए । ‘बुबाको वार्षिकीकैदिन छोरीको उपचारका लागि काठमाडौं जानुपर्यो,’ उनले भने, ‘धपेडीले म पनि बिरामी परेको थिएँ तर भाग्यले बाँचेँ ।’

उनलाई रक्षा नेपाल संस्थाले साथ दियो । छोरीका लागि मुद्दा लडे । जिल्ला अदालतले दोषीलाई सजाय सुनाएपछि न्याय पाएको महसुस गरे । केही समयपछि पुनरावेदन अदालत महेन्द्रनगरले जिल्लाको फैसला उल्ट्याइदियो । ‘पीडामाथि फेरि पीडा थपियो,’ उनले भने, ‘न्यायको आस मर्यो ।’

एकातिर न्यायको लडाइँ, अर्कातिर छोरीको भविष्यको चिन्ता । यसबीचमा उनले धेरै हन्डर खेपे । धेरैले कुरा काट्दै हिँडे । मिल्नुपर्छ भने ।

लाखौं पैसा दिन्छौं भनेर प्रलोभन पनि दिए । छोरीको लालनपालन र पढाउने जिम्मा लिएको संस्थाले बीचमै साथ छोड्यो । तैपनि उनी डगमगाएनन् । बरु बलियो भएर न्यायका लागि लडिरहे ।

पढाइ खर्च नतिर्ने भनेपछि उक्त संस्थासँग संघर्ष गरेरै वाचा पूरा गर्न लगाएको उनले सुनाए । ‘केही महिना संस्थाले दिएको पैसाले खर्च चलाएँ,’ उनले भने, ‘त्यसपछि खेती किसानी र यही चिया बेचेर छोराछोरीको पढाइ खर्च धानेको छु ।’ पूजा कानुन विषय पढिरहेकी छन् । अरू छोराछोरी पनि पढ्दै छन् ।

पुनरावेदनले फैसला गर्दा आफूलाई जानकारीसम्म नदिएको उनको गुनासो छ । ‘अहिले न्याय पाएँ, यसैमा खुसी छु, न्याय मरेको रहेनछ भन्ने लागेको छ,’ उनले भने, ‘मुद्दा चलेपछि करिब एक वर्ष अनुसन्धान र एक वर्ष जिल्लाको फैसलापछि मात्र पीडकहरूलाई पक्राउ गरियो । त्यतिन्जेल उनीहरू खुलेआम हिँडिरहे ।’ १३ वर्षकी छोरीको न्यायका लागि दुस्ख पाए पनि अहिले खुसी लागेको उनले बताए । ‘अब दोषीलाई कारबाही भएको देख्ने मन छ,’ घरको आँगनमा टेक्दै गर्दा उनले भने ।

घर पुग्नासाथ उनले छोरीलाई सोधे, ‘थाहा पायौ त सर्वोच्चको फैसला रु’ प्रश्न नसकिँदै पूजाले भनिन्, ‘हिजै साँझ वकिलले सुनाइसक्नुभएको थियो ।’

उनको मुहारमा खुसी भरिएको थियो । पीडालाई जितिसकेको अनुभव गर्न सकिन्थ्यो । आफूमाथि भएको घटना सम्झन पनि नचाहेको बताउँदै आएकी उनले भनिन्, ‘न्याय त पाइयो । सबैले फोनबाट बधाई दिइरहेका छन् । घरपरिवार खुसी छन् ।’

दसैंतिहारका लागि घर आएकी उनले काठमाडौंमा साथीहरूले खुसी मनाएको बताइन् । ‘पढाउने सरहरूले पनि खुसी साटिरहनुभएको छ,’ उनले भनिन्, ‘तैपनि ८ वर्षसम्म न्याय नपाउँदाको पीडा पूरै भुल्न सकेकी छैन ।’ सबैले थाहा पाएको, पहुँचमा पुगिसकेको घटनामा न्याय पाउन यतिका वर्ष लाग्यो, बोल्नै नसक्ने दिदीबहिनीको अवस्था कस्तो होला भनेर सोच्ने गरेको उनले बताइन् । उनी बीएल चौथो वर्षमा पढ्दै छिन् ।

०६८ चैत ९ गते ठूलोबुबाकी छोरीका घरमा बसेर बैतडीको पाटन बजारमा एसएलसी दिन गएका बेला उनीमाथि कहालीलाग्दो घटना भएको थियो । ‘करिब ७ वर्ष दुस्खकष्टका साथ बिते,’ उनले भनिन्, ‘१३ वर्षकै उमेरमा अदालत धाएँ । पत्रकारलाई जवाफ दिएँ । आश्रय दिएको संस्थामा पनि कोही आयो कि म फलानो भनेर रुँदै पीडा सुनाउन लगाइन्थ्यो ।’

जिल्लाले दिएको न्याय पुनरावेदनले फेरि खोस्यो । ‘अहिले सर्वोच्चले पुनरावेदनको फैसला उल्ट्याएकामा खुसी लागेको छ तर पाउनु दुस्ख पाएँ,’ उनले भनिन्, ‘मैले मात्र कहाँ हो र, घरपरिवारले पनि दुस्ख पाए । सधैं तनाव र त्रासमा रह्यौं ।’

घटनापछि उपचार गर्न काठमाडौंमा रहेका बेला परिवारलाई समेत जानकारी नदिई प्रहरीले हल्लाका भरमा मुचुल्का बनाएर पेस गरेकामा उनको असन्तुष्टि छ । ‘पीडितलाई थाहै नदिई मुचुल्का उठाउने प्रहरीलाई कारबाही भएन,’ उनले भनिन्, ‘प्रहरीले बजारको हल्लाका पछाडि लागेर मुचुल्का उठाएको हो । मैले अदालतमा आफूले भोगेको घटनाबारे सुनाएँ ।’ रक्षा नेपालमा बसेर १२ कक्षा उत्तीर्ण गरुन्जेल र ३ वर्षसम्म कानुन पढ्दासमेत पीडामाथि पीडा दिइएको उनले बताइन् । ‘सम्झनै नचाहेको घटना कोट्याएर, भन्न लगाएर बारम्बार रुवाइयो,’ उनले भनिन् ।

अरूले पीडा दिए पनि उनको परिवारले भने अहिलेसम्म पीडाको महसुस गराएको छैन । ‘मुद्दा मिलाउनका लागि लाखौं रकमको लालच आए पनि बुबाआमा, दाजुभाइ र दिदीबहिनीले न्यायको लडाइँमा साथ दिइरहनुभयो,’ उनले भनिन्, ‘जस्तोसुकै अवस्थामा पनि परिवारको साथ पाएको छु, गर्व महसुस हुन्छ ।’ बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला सरकारले उपचार खर्च भनेर दिएको १ लाखबाहेक अन्य कुनै सहयोग नपाएको उनले बताइन् ।

पढाइ सकेर वकिल बन्ने र हिंसामा परेका महिलालाई सहयोग गर्ने चाहना उनको छ । ‘एक दिन न्यायाधीश बनेरै छोड्छु,’ उनले भनिन्, ‘अरू चेलीले न्यायका लागि मैलेजस्तै संघर्ष गर्नुपर्ने अवस्था अन्त्य भएको दिन पूर्ण न्याय पाएको महसुस गर्नेछु ।’

कान्तिपुर दैनिकबाट