६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुलिसिचको ह्याट्रिकमा चेल्सीले सहज जित



अ+ अ-

इन्ग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बर्नलीलाई ४–२ गोल अन्तरले चेल्सीले पराजित गरेको हो । बर्नलीको मैदानमा चेल्सीलाई जित दिलाउनका लागी क्रिस्टियन पुलिसिचले ह्याट्रिक गरेका हुन् । यस्तै विलियमले एक गोल थपेका थिए ।

घरेलु टिम बर्नलीका जय रोड्रीगेज र म्याकनिलले एक एक गोल फर्काए । खेलको २१ औं मिनेटमा पुलिसिचले गोल गर्दै चेल्सीलाई अग्रता दिलाए । खेलको ४५ औं पुलिसिचले चेल्सीका लागि दोस्रो गोल गरे । ५६ औं मिनेटमा पुलिसिचले ह्याट्रिक पुरा गर्दै चेल्सीलाई ३–० को अग्रता दिलाए । बर्नलीसँग ह्याट्रिक गरेसँगै पुलिसिच प्रिमियर लिगमा ह्याट्रिक गरे दोस्रो अमेरिकन खेलाडी बनेका छन् ।

विलियमले खेलको ५८ औं मिनेटमा गोल गर्दा चेल्सी ४–० ले अघि रह्यो । खेलको ८६ औं मिनेटमा रोड्रीगेजले गोल गर्दै बर्नलीलाई खेलमा फर्काउने कोशिस गरेका थिए । ८९ औं मिनेटमा म्याकनिलले थप एक गोल फर्काएपनि घरेलु टिम ४–२ ले पराजित भयो । चेल्सीले १० खेलमा २० अंक जोड्दै लिगको चौथी स्थानमा उक्लिएको छ । १२ अंक जोडेको बर्नली ११ औं स्थानमा पुगेको छ ।