२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुकाकुको गोलमा जोगियो इन्टर



अ+ अ-

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पर्मासँग २–२ गोलको बराबरीमा इन्टर रोकिएको हो । घरेलु मैदानमा एन्टोनियो कान्ड्रेभाले २३ औं मिनेटमा गोल गर्दै इन्टरको सुरुवाती अग्रता दिलाएको थियो । तर २६ औं मिनेटमा यान कारामोले गोल गर्दै पर्मालाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।

खेलको ३० औं मिनेटमा गेर्भिन्होले गोल गर्दै पहिलो हाफमा पर्मालाई पुनः २–१ को अग्रता दिलाउन सफल भए । दोस्रो हाफमा इन्टरका लागि लुकाकु नायक बनी खेलको ५१ औं मिनेटमा गोल गर्दै इन्टरलाई हारबाट जोगाउन सफल भए ।

यो बराबरीसँगै इन्टरले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको इन्टरले ९ खेलमा २२ अंक जोडेको छ । १३ अंक जोडेको पर्मा लिगको छैटौं स्थानमा छ ।