६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लुकाकुको गोलमा जोगियो इन्टर



अ+ अ-

इटालियन सिरी ‘ए’ फुटबलमा इन्टर मिलान बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा पर्मासँग २–२ गोलको बराबरीमा इन्टर रोकिएको हो । घरेलु मैदानमा एन्टोनियो कान्ड्रेभाले २३ औं मिनेटमा गोल गर्दै इन्टरको सुरुवाती अग्रता दिलाएको थियो । तर २६ औं मिनेटमा यान कारामोले गोल गर्दै पर्मालाई १–१ गोलको बराबरीमा फर्काएका थिए ।

खेलको ३० औं मिनेटमा गेर्भिन्होले गोल गर्दै पहिलो हाफमा पर्मालाई पुनः २–१ को अग्रता दिलाउन सफल भए । दोस्रो हाफमा इन्टरका लागि लुकाकु नायक बनी खेलको ५१ औं मिनेटमा गोल गर्दै इन्टरलाई हारबाट जोगाउन सफल भए ।

यो बराबरीसँगै इन्टरले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । दोस्रो स्थानको इन्टरले ९ खेलमा २२ अंक जोडेको छ । १३ अंक जोडेको पर्मा लिगको छैटौं स्थानमा छ ।