६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू-२३ फुटबल टिम स्वदेश फर्किए



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलका लागि कतार गएको नेपाली यू–२३ राष्ट्रिय फुटबल टिम आइतबार बिहान स्वदेश फर्किएका छन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले स्वागत गरेका थिए । नेपाली यू–२३ टिमले शुक्रबार राति म्यानमारको यू–२२ टिमसँग दोहामा मैत्रीपूर्ण खेल खेल्दा २–२ गोलको बराबरीमा सकाएको थियो ।

म्यानमारविरुद्ध दुई पटकको अग्रता जोगाउन नसक्दा नेपालले बराबरीमा चित्त बुझाएको थियो । नेपालको लागि अनन्त तामाङ र रेजिन सुब्बाले गोल गरेका थिए । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीमा रहेको नेपाली टिम म्यानमारको यू–२२ टिमसँग एक मैत्रीपूर्ण खेलका लागि कतार गएका थिए ।

मंसिर १५ देखि २४ गतेसम्म १३ औं साग काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।