२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

एट्लेटिको मड्रिडलाई सहजै सफलता



अ+ अ-

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सफलता हात पारेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–० ले एट्लेटिकोले हराएको छ । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन सउल निगुएज र अल्भारो मोरटाले एक एक गोल गरेका थिए ।

खेलको २८ औं मिनेटमा निगुएजले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यसपछि मोरटाले खेलको ६४ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।

जितसँगै एट्लेटिको लिगको दोस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोले १० खेलमा १९ अंक जोडेको शीर्ष स्थानको बार्सिलोनासँगको अंक बराबर समेत गरेको छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।