६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एट्लेटिको मड्रिडलाई सहजै सफलता



अ+ अ-

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सफलता हात पारेको छ । शनिबार राति भएको खेलमा एथ्लेटिक बिल्बाओलाई २–० ले एट्लेटिकोले हराएको छ । घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन सउल निगुएज र अल्भारो मोरटाले एक एक गोल गरेका थिए ।

खेलको २८ औं मिनेटमा निगुएजले गोल गर्दै एट्लेटिकोलाई सुरुवाती अग्रता दिलाएका थिए ।त्यसपछि मोरटाले खेलको ६४ औं मिनेटमा गोल गर्दै एट्लेटिकोलाई २-० को जित दिलाए ।

जितसँगै एट्लेटिको लिगको दोस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोले १० खेलमा १९ अंक जोडेको शीर्ष स्थानको बार्सिलोनासँगको अंक बराबर समेत गरेको छ । बार्सिलोनाले एक खेल कम खेलेको छ ।