२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले थाइल्याण्डको सामना गर्ने, कस्तोे छ तयारी ?



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) र बङ्गलादेशमा यसै महीनामा सञ्चालन हुने एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेका नेपाली टोलीले थाइल्याण्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल दिउँसो ४ बजेपछि शुरु हुनेछ ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टोलीले यसअघि थाइल्याण्डमा विभिन्न टोलीसँग मैत्रीपूर्ण खेल खेलेकामा तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको थियो । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा स्थानीय टोली जरानसानिवोङ र दोस्रो खेलमा बैङ्कक विश्वविद्यालयको टोलीलाई हराएको थियो । त्यस्तै थाइल्यान्ड यु–२१ टोलीसँग पराजित भएको नेपाली टोलीले चौथो खेलमा जापानको जुतिर टोलीलाई हराएको थियो । एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप यही कात्तिक २२ देखि २७ गतेसम्म हुदैछ भने साग मङ्सिर १५ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।