६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले थाइल्याण्डको सामना गर्ने, कस्तोे छ तयारी ?



अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज थाइल्याण्डको राष्ट्रिय भलिबल टोलीसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद (साग) र बङ्गलादेशमा यसै महीनामा सञ्चालन हुने एशियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको तयारीमा रहेका नेपाली टोलीले थाइल्याण्डको राष्ट्रिय टोलीसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । खेल दिउँसो ४ बजेपछि शुरु हुनेछ ।

वैदेशिक प्रशिक्षण तथा मैत्रीपूर्ण खेलका लागि थाइल्याण्ड पुगेको नेपाली टोलीले यसअघि थाइल्याण्डमा विभिन्न टोलीसँग मैत्रीपूर्ण खेल खेलेकामा तीन खेलमा जित र दुई खेलमा हार व्यहोरेको थियो । नेपालले पहिलो मैत्रीपूर्ण खेलमा स्थानीय टोली जरानसानिवोङ र दोस्रो खेलमा बैङ्कक विश्वविद्यालयको टोलीलाई हराएको थियो । त्यस्तै थाइल्यान्ड यु–२१ टोलीसँग पराजित भएको नेपाली टोलीले चौथो खेलमा जापानको जुतिर टोलीलाई हराएको थियो । एभिसी सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप यही कात्तिक २२ देखि २७ गतेसम्म हुदैछ भने साग मङ्सिर १५ देखि २५ गतेसम्म सञ्चालन हुनेछ ।