२ भाद्र २०८३, मंगलवार
,
Latest
बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ जापानको चिबामा कीर्तिमानी वर्षाका कारण मृत्यु हुनेको सङ्ख्या १३ पुग्यो कङ्गोमा तीव्रगतिमा फैलिँदै इबोला, नियन्त्रण चुनौतीपूर्णः डब्लुएचओ जर्मनीमा ३२ वर्षअघि अमेरिकी पर्यटकको हत्या गरेको ८१ वर्षीय वृद्धद्वारा स्वीकारोक्ति पाकिस्तानको सर्वोच्च अदालतद्वारा इमरान खानलाई अस्पताल लैजान आदेश केवाइसी अपडेटका लागि बैंकबाट बोलेको भन्दै स्क्यामिङ गर्ने चार जना पक्राउ आर्थिक अनुशासनमा कडाइ गर्दै मधेस प्रदेश सरकार
तपाईं के खोज्दै हुनुहुन्छ ?

श्रीलंका-अस्ट्रेलिया टी२० क्रिकेट, श्रीलंकाले ब्याटिङ रोज्यो



अ+ अ-

ब्रिसबेन । अस्ट्रेलिया विरुद्धको दोस्रो टी२० क्रिकेट प्रतियोगिता अन्तर्गत ब्रिसबेनस्थित गाब्बा रंगशालामा श्रीलंकाले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।

अस्ट्रेलियाले आइतबार खेलिएको पहिलो टी२० खेलमा श्रीलंकालाई १३४ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । यस खेलमा अस्ट्रेलियाका प्रारम्भिक ब्याट्सम्यान डेभिड वार्नरले शतक बनाएका थिए ।

गाब्बाको पिचमा पनि अस्ट्रेलियालाई नै फाइदा पुग्ने जानकारहरुले बताएका छन् । अस्ट्रेलियाली टिम तिब्र गतिका बलर मिचेल स्टार्क बिना खेल्दैछ । उनको स्थानमा बिल्ली स्टानलेकले मौका पाएका छन् ।

पछिल्ला केही वर्षदेखि श्रीलंकाली टिमको प्रदर्शन खासै राम्रो छैन । तर पछिल्लो पटक पाकिस्तान विरुद्धको टी२० खेलमा श्रीलंकाले तीनै खेल जितेको थियो ।

श्रीलंकाले १० ओभरको खेल सकिँदा ४ विकेटको क्षतिमा ६५ रन बनाएको छ । श्रीलंकाका गुनथिलका ९२१०, मेन्डिस ९१० , फर्नान्डो ९१७० र डिकवेल्ला ९५० आउट भइसकेका छन् ।

अस्ट्रेलियाली टिममा आरोन फिन्च, डेभिड वार्नर, स्टिभ स्मिथ, ग्लेन म्याक्स्वेल, आस्टोन टर्नर, अलेक्स क्यारी, आस्टोन अगार, प्याट क्युमिन्स, बिल्ली स्टानलेक, केन रिचार्डसन र एडम जाम्पा रहेका छन् ।

यसैगरी श्रीलंकाली टिममा अभिष्का फर्नान्डो, दानुश्का गुनथिलका, कुसल मेन्डिस, कुसल परेरा, दासुन शानाका, निरोशान डिकेवेल्ला, वानिन्दु हासाराङ्गा, लक्षण सन्दाकान, नुवान प्रदीप, लसिथ मालिङ्गा र इसुरु उडाना रहेका छन्