२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडको फराकिलो जित, बार्सिलोनासँगको अंक दुरी घटायो



अ+ अ-

स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार रियल मड्रिडले फराकिलो जित निकालेको छ । बुधबार राति भएको खेलमा लेगानेसलाई ५-० गोलको फराकिलो अन्तरले रियलले हराएको हो । घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन रोड्रीगो, टोनी क्रुस, सर्जियो रामोस, करिम बेन्जिमा र लुका जोभिकले एक एक गोल गरे । सान्टियागो बेर्नाबेउमा एकतर्फी जित निकाल्ने क्रममा रियलले सातौं मिनेटमा रोड्रीगोको गोलबाट अग्रता बनाएको थियो ।

आठौं मिनेटमा क्रुसले गोल गर्दा रियल २-० ले अघि रह्यो । रामोसले २४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दा पहिलो हाफमा रियल ३-० ले अघि रह्यो । ६९ औं मिनेटमा बेन्जिमाले पेनाल्टीमा गोल गर्दै रियललाई ४-० को अग्रता दिलाए । त्यसपछि जोभिकले खेलको ९० औं मिनेटमा गोल गर्दा रियल ५-० ले बिजयी भयो ।

जितसँगै रियल लिगको दोस्रो स्थानमा उक्लिएको छ । रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दुरी १ अंकमा घटाएको छ । दोस्रो स्थानको रियलले १० खेलमा २१ अंक जोडेको छ । बार्सिलोनाको २२ अंक छ । लेगानेस ५ अंक जोडेर पुछारमा रहेको छ ।