१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाली ब्याटिङ स्टार ग्लेनद्वारा क्रिकेटबाट विदा



अ+ अ-

सिड्नी । अस्ट्रेलियाका ब्याटिङ स्टार ग्लेन म्याक्सवेलले मानसिक स्वास्थ्यको कारण देखाउँदै सबै किसिमका क्रिकेट खेलबाट विदा लिएको घोषणा गरेका छन् ।

क्रिकेट अस्ट्रेलियाका अनुसार श्रीलंका विरुद्ध जारी टी२० क्रिकेट शृङ्खलाको बाँकी खेल पनि उनले नखेल्ने बोर्डलाई जानकारी दिएका छन् । छोटो फम्र्याटका खेलमा अत्यन्त सफल र आक्रामक खेल कौशल देखाउन सक्षम म्याक्सवेलले यस शृङ्खलाको पहिलो खेलमा पनि २८ बलमा ६२ रन बनाएका थिए ।

क्रिकेट अस्ट्रेलियाका मनोविज्ञ माइकल लोयडले एक वक्तव्य जारी गर्दै ग्लेन म्याक्सवेलमा मानसिक स्वास्थ्यसँग सम्बन्धित केही समस्या देखिएको पुष्टी गर्नुभएको छ । उहाँले त्यही कारण केही समय ग्लेनले क्रिकेटबाट विदा लिन चाहेको बताउनुभएको छ । ग्लेन म्याक्सवेलको स्वास्थ्य परीक्षण र विश्राम पश्चात् उनको घरेलु टिम भिक्टोरियाबाट पुनः खेल्न सक्ने क्रिकेट अस्ट्रेलियाले जनाएको छ ।