६ पुष २०८२, आईतवार
,
Latest
आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने ‘एनएफपिजे’द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित निर्वाचनको तयारीमा लाग्न प्रधानमन्त्रीको आग्रह ओलीलक्षित रविको टिप्पणीः पार्टीको चुनाव जितेझैँ आम चुनाव पनि जिते भइगो मुलुकमा सबैतिर निर्वाचनको वातावरण छाएको छः सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

रियल मड्रिडले शीर्ष स्थानका उक्लिने मौका गुमायो



अ+ अ-

स्पेनिस लिगको शीर्ष स्थानका उक्लिने मौका रियल मड्रिडले गुमाएको छ । शनिबार राति भएको खेलमा रियल वेटिससंग बराबरी भएपछि रियलले तालिकाको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको हो । केही घण्टा अघि मात्र लिग लिडर बार्सिलोना ३–१ ले लेभान्टेसंग पराजित भएको थियो । सोही कारण रियललाई जित निकाल्दै शीर्ष स्थानमा उक्लिने मौका थियो । तर रियल भने गोल रहित बराबरीमा रोकिदै अंक बाँड्न बाध्य भयो ।

इडेन हजार्डले पहिलो हाफमा रियललाई अघि बढाउने कोशिश गरेका थिए । तर उनको गोल अफसाईड हुन पुगेको थियो । यस्तै रियलका भिनिसियस जुनियर र सर्जियो रामोसको प्रहारलाई वेटिसका गोलकिपरले उत्कृष्ट बचाउ गर्दै घरेलु टोलीलाई निराश बनाउने काम गरेका थिए । तर जिनेदिन जिदानको टिमले कुनै प्रहारलाई गोलमा परिणत गर्न भने सकेन । रियलका २२ प्रहारले गोलको आकार भने लिनै सकेनन् ।

शीर्ष स्थानको बार्सिलोना र रियल मड्रिडको समान २२ अंक रह्यो । तर गोल अन्तरका आधारमा बार्सिलोना शीर्ष स्थानमा रह्यो । रियल दोस्रो स्थानमा रह्यो । वेटिस क्लब १३ अंक सहित तालिकाको १४ औ स्थानमा रह्यो ।