• २८ बैशाख २०८१, शुक्रबार
  •      Fri May 10 2024
  •   Unicode
Logo
Latest
★   साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण: प्रधानमन्त्री ★   कांग्रेस प्रधानमन्त्री भइदेउ भनेर जहाँ पनि पुग्छ – ओली ★   ‘भाले बास्ने’ ताल जोड्ने पदमार्ग निर्माण ★   जस्टिन बिबर पहिलो पटक बुवा बन्दै ★   नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण ★   के सुनिल नारायणले रक्सी पिएर विस्फोटक ब्याटिङ गर्छन् ? ★   संसदीय छानबिन समिति बटमलाइन: कांग्रेस ★   जनसत्ताले रजिस्ट्रेसन गरेका घरजग्गाको समस्या दीर्घकालीन रूपमा समाधान हुन्छ: प्रधानमन्त्री ★   टी–२० विश्वकपको टोलीमा नपरेपछि न्युजिल्याण्डका शक्तिशाली ब्याट्सम्यानले लिए सन्यास ★   कोहलीले गरे जवाफी हमला, रिले रुसोलाई दिए बन्दुक ताकेर जवाफ

छठपर्वको अवसरमा स्थानीय बिदा



परासी । सद्भाव, समानता र एकताको प्रतीकको रूपमा उल्लासका साथ मनाइने छठपर्वको अवसरमा आज पश्चिम नवलपरासीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रामग्राम नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले आज स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

नेपाल सरकारले छठपर्वको दिन सार्वजनिक बिदा दिँदै आए पनि यस वर्ष छठपर्वको मुख्य दिन शनिबार परेको थियो । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समापन भएको छ । तर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रतालुहरु रातभर जाग्राम बसेको तथा यस पर्वमा ३६ घण्टा व्रत बसेका व्रतालुलाई एक दिन आरामका लागि बिदा गरिएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।

स्थानीय तहले बिदा दिन पाउने अधिकारलाई प्रयोग गर्दै तराईवासीले उत्साहका साथ मनाउने छठपर्वका अवसरमा एक दिन बिदा दिइएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिए । जिल्लाको सदरमुकाम परासीस्थित झरही नदी किनारलगायत जिल्लाका सातै स्थानीय तहमा रहेका नदी, तलाउ, पोखरीमा अस्ताउँदो र उदाँउदो सूर्यलाई अघ्र्य दिएर छठपर्व मनाइएको छ ।