११ भाद्र २०८३, बिहीबार
,
Latest
जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला पत्रकार टेकराज थामी सम्पर्कविहीन, श्रीमती भन्नुहुन्छ, “अझै कुनै जानकारी पाएका छैनौँ” बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ रसुवा बाढीपीडितका लागि साउदी सरकारसँग मानवीय सहयोग माग भोटेकोशी बाढीः कास्कीका १४ जना सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी सरकारको प्राथामितामा परेन अर्थबिद्: दिनेशचन्द्र देवकोटा



अ+ अ-

 

काठमाडौं । बागमती प्रदेश सभा सदस्य तथा अर्थबिद् दिनेशचन्द्र देवकोटाले सहकारी क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताउनु भएको छ ।

काठमाडौंमा नेफ्स्कूनले आयोजना गरेको एक कार्यक्रममा देबकोटाले भन्नुभयो तीन खम्बे अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाको रुपमा रहेको सहकारी सरकारको प्राथामिकतामा परेन । उहाँले भन्नुभयो संविधानत: सहकारीलाई तीन खम्बे अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बाको रुपमा परिभाषित गरेपनि ८ वर्ष वितिसक्दा समेत सरकारले सो अनुसारको व्यवहार गरेन ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालको प्रस्तुत गर्नुभएको कार्यपत्रमाथि टिप्पणी गर्दै अर्थबिद् देवकोटाले सहकारी क्षेत्रको वृद्धि विकास, आर्थिक विकासमा अभियान र सरकारसँगसँगै जाने भनिएपनि व्यबहारमा त्यस्तो हुन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो खाली पोलिसी निर्माणको विषयमा, अनुगमन नियमनको विषयमा सहकारीमाथि राज्य बढी एकांकी भयो । अर्थतन्त्रको ठूलो हिस्सा बोक्ने सहकारी क्षेत्रको संवेदनशिलतामा राज्य जिम्मेवार हुनुपर्छ ।’

उहाँले बैंकिङ क्षेत्र पनि समस्या रहित नभएको उल्लेख गर्दे कमजोरीहरु सुधार गरेर जानु पर्ने बताउनु भयो । उहाँले सहकारीहरुले विना धितो सुरक्षणका आधारमा गरेको घरजग्गा, आबास , व्यावसायीक भबन तथा सेयर बजारमा गरेको लगानी रोक्न आवश्यक रहेको बताउनु भयो ।