२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

जस्टिन बिबर पहिलो पटक बुवा बन्दै



अ+ अ-

एजेन्सी । क्यानडाका गायक जस्टिन बिबर बुवा बन्न लागेका छन् । उनले पत्नी हेलीको बेबी बम्पसहितको तस्बिर सेयर गर्दै गर्भवती भएको घोषणा गरेका हुन् । विवाहको ६ वर्षपछि यो जोडीले पहिलो सन्तानलाई स्वागत गर्ने भएको छ । यस पललाई लिएर दुवै जना निकै उत्साहित पनि छन् ।

जस्टिनले आज आफ्नो इन्स्टाग्राम ह्यान्डलमा एउटा भिडियो र केही तस्विर शेयर गरेका छन् । सेयर गरिएको तस्विरमा उनकी श्रीमती हेलीको बेबी बम्प स्पष्ट देखिन्छ । यी भिडियो र तस्विरहरु मार्फत उनले फ्यानहरुलाई यो खुसीको खबर दिएका छन् ।

यो जोडीले आफ्नो सानो पाहुना कहिले संसारमा आउने हो भन्ने कुनै जानकारी दिएको छैन । यद्यपि, टीएमजेको रिपोर्ट अनुसार, हेली आफ्नो तेस्रो त्रैमासिकमा छिन् ।

जस्टिन बिबरले मोडल हेली बाल्डविनसँग जुलाई ७, २०१८ मा इन्गेजमेन्ट गरेका थिए । यसैबीच, दुवै सन् २०१५ देखि रिलेशनशिपमा रहेको खबर आएको थियो तर २०१६ मा उनीहरुको ब्रेकअप भएको थियो । नोभेम्बर २०१८ मा विवाह गरेपछि, दम्पतीले २०१९ मा परिवार र साथीहरूको लागि दक्षिणी क्यालिफोर्नियामा विवाह समारोह गरेका थिए ।

हेलीभन्दा पहिले जस्टिनको गायिका तथा अभिनेत्री सेलेना गोमेजसँग अफेयर थियो । दुबैको भेट सन् २०१० मा भएको थियो । तर, २ वर्षपछि मात्रै उनीहरुको ब्रेकअप भयो ।

२ वर्ष छुट्टिएपछि दुवैले फेरि आफ्नो सम्बन्धलाई मौका दिए र सँगै बस्न थाले । सन् २०१६ मा सेलेना चर्चित गायक चार्ली पुथसँग डेट गरिरहेकी थिइन् भन्ने खबर आएको थियो । धेरै उतारचढावपछि सन् २०१८ मा दुवैको ब्रेकअप भयो ।