७ पुष २०८२, सोमबार
,
Latest
सडकमा परेका जग्गाको लगत कट्टा नहुँदा भोजपुरका नागरिक समस्यामा पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ टेवानको स्वागतसँगै गोल्डेन ट्रयाङ्गल बाइक टूर पोखरामा सम्पन्न ग्लोबल आइएमई बैंकले पुष्प खेतीका लागि हरितगृह कर्जा प्रवाह गर्ने राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि… योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’ अरनिको राजमार्गः साँगा–धुलिखेल सडक स्तरोन्ती तीब्र सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर युनाइटेड विद्या र ईश्वरलाई प्रदिपको प्रश्न- आफै उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

छठपर्वको अवसरमा स्थानीय बिदा



अ+ अ-

परासी । सद्भाव, समानता र एकताको प्रतीकको रूपमा उल्लासका साथ मनाइने छठपर्वको अवसरमा आज पश्चिम नवलपरासीका तीन स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । जिल्लाको रामग्राम नगरपालिका, पाल्हीनन्दन र प्रतापपुर गाउँपालिकाले आज स्थानीय बिदा दिने निर्णय गरेका हुन् ।

नेपाल सरकारले छठपर्वको दिन सार्वजनिक बिदा दिँदै आए पनि यस वर्ष छठपर्वको मुख्य दिन शनिबार परेको थियो । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ समापन भएको छ । तर अस्ताउँदो सूर्यलाई अघ्र्य दिएपछि व्रतालुहरु रातभर जाग्राम बसेको तथा यस पर्वमा ३६ घण्टा व्रत बसेका व्रतालुलाई एक दिन आरामका लागि बिदा गरिएको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताले बताए ।

स्थानीय तहले बिदा दिन पाउने अधिकारलाई प्रयोग गर्दै तराईवासीले उत्साहका साथ मनाउने छठपर्वका अवसरमा एक दिन बिदा दिइएको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र गुप्ताले जानकारी दिए । जिल्लाको सदरमुकाम परासीस्थित झरही नदी किनारलगायत जिल्लाका सातै स्थानीय तहमा रहेका नदी, तलाउ, पोखरीमा अस्ताउँदो र उदाँउदो सूर्यलाई अघ्र्य दिएर छठपर्व मनाइएको छ ।