८ बैशाख २०८२, सोमबार
April 21, 2025 Monday

29.27°C

काठमाडौं

29.27°C

Kathmandu

Feels-like: 29.08

Wind: 2.57

Humidity: 42

Latest
शिक्षक आन्दोलन: पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै इस्टर युद्धविरामपछि रुसले पुनः हवाई आक्रमण सुरु गर्‍यो: युक्रेन आगामी बजेटमा मन्त्रालयअन्तर्गत नयाँ योजना थप्ने स्थिति शुन्य जस्तै छः पर्यटनसचिव सिंह ‘राजस्व बढ्ने आधार छैन, रुग्ण आयोजनाका बजेट व्यापक कटौती गर्नुपर्छ’ रवि लामिछानेको मुद्दा हेर्न नमिल्नेमा आईपीएलमा आज कोलकाता र गुजरात भिड्दै, यस्तो छ हेड-टु-हेड जलविद्युत् आयोजनाले पानी नछाडि दिँदा किसानलाई चैते धान रोप्न समस्या सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा एक लाख ९१ हजार पुग्यो गण्डकीका १२ ‘स्याटेलाइट’ अस्पतालमा विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना विकास कालीकोटमा ट्र्याक्टर दुर्घटना: चालकसहित चार जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहलीले गरे जवाफी हमला, रिले रुसोलाई दिए बन्दुक ताकेर जवाफ



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को ५८ औं खेल रोयल च्यालेन्जर्स बैंगलोर र पञ्जाब किंग्स बिच खेलिएको थियो । जहाँ बैंगलोरले पञ्जाबलाई धेरै सहज र ठूलो अन्तरले पराजित गर्यो ।

यसमा रोयल च्यालेन्जर्सका लागि विराट कोहलीले उत्कृष्ट ब्याटिङ गरे भने पञ्जाब किंग्सका लागि रिले रुसोले पनि उत्कृष्ट ब्याटिङ गरे । तर चर्चाको विषय बन्यो दुबैको सेलिव्रेशन । जहाँ विराट कोहलीले रिले रुसोको सेलिव्रेशनलाई आफ्नै शैलीमा जवाफ दिए ।

वास्तवमा आफ्नो इनिङ्समा अर्धशतक पूरा गरेपछि रुसोले ब्याट हावामा हल्लाएर बन्दुक सेलिव्रेशन मनाएका थिए । रुसो आउट हुँदा कोहली खुसी मनाउन दौडे र उनले रुसोलाई जवाफ दिँदै त्यही बन्दुक सेलिव्रेशन मनाए । मैदानको यो दृश्य निकै रोमाञ्चक थियो ।

पञ्जाबले दिएको लक्ष्य पछ्याउने क्रममा रिले रुसोले उत्कृष्ट ब्याटिङ गरे । उनले २७ बलमा २२५.९३ को स्ट्राइक रेटमा ६१ रन बनाए । जसमा ९ चौका र ३ छक्का समावेश थिए । उनी आउट भएपछि पञ्जाब किंग्सको पूरै टोली स्तब्ध भयो ।

विराट कोहलीको ब्याटिङ पनि निकै विस्फोटक रह्यो । उनी ८ रनले शतक बनाउन चुके । उनले ४७ बलमा १९५.७४ को स्ट्राइक रेटमा ९२ रन बनाए । जसमा ७ चौका र ६ छक्का सामेल छन् । यो खेलको प्लेयर अफ द म्याच विराट कोहली बने ।

पञ्जाब किंग्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो । पहिले ब्याटिङ गरेको रोयल च्यालेन्जर्स बैंग्लोरका विराट कोहली, रजत पाटीदार र क्यामरुन ग्रीनले उत्कृष्ट ब्याटिङ गरेका थिए । कोहलीले ९२ रन, पाटीदारले २३ बलमा ५५ रन र क्यामरुन ग्रीनले २७ बलमा ४६ रन बनाए । यस शानदार ब्याटिङको आधारमा रोयल च्यालेन्जर्स बैंग्लोरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २४७ रन बनाएर पञ्जाबलाई २४८ रनको लक्ष्य दिएको थियो ।

जवाफमा पञ्जाब किंग्सको सुरुवाती इनिङ्स निकै उत्कृष्ट रह्यो । पञ्जाबले ८ ओभरमा १०० रनको आँकडा पार गरेको थियो । पञ्जाबका लागि रिले रुसोले विस्फोटक पारी खेले । तर, पञ्जाबले २० ओभरसम्म खेल खेल्न सकेन र खेल हार्यो । पञ्जाब किंग्सले १८१ रन मात्र बनाउन सक्यो र बैंगलोरले खेल ६० रनले जित्यो ।