५ पुष २०८२, शनिबार
,
Latest
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदीय छानबिन समिति बटमलाइन: कांग्रेस



अ+ अ-

काठमाडौँ ।कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति बटमलाइन रहेको बताएका छन् ।

सचेतक लेखकले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा छानबिन समिति नबनेसम्म कांग्रेस त्यसबाट पछि नहट्ने दलको बैठकले निर्णय गरेको जानकारी दिए ।

उनले भने, ‘रवि लामिछानेबारे संसदीय छानबिन समितिको मागबारे औचित्य पुष्टि भइसकेको छ । अब यो माग कांग्रेसको मात्र नभएर नेपाली जनताकै भएको छ । यदि सरकार विपक्षको मागलाई सम्बोधन गर्न तयार भएन भने सदनका बैठक प्रभावित भएमा त्यसको जिम्मेवारी सरकारले नै लिनुपर्ने निर्णय गरेको छ ।’

यस्तै उनले आजको बैठकमा आफूहरू कुरा राख्ने र त्यसपछि संसद्‌मा को को बोल्न माग गर्छन् सोही अनुसार अघि बढ्ने बताए ।