१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar संसद अधिवेशन भोलिदेखि अन्त्य हुँदै, अब के हुन्छ निजामति विधेयक ? News Polar संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची News Polar घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति News Polar कालीगण्डकी करिडोर सञ्चालनमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बाढीले घर डुबायो, आनन्दबगरवासीलाई थातथलो छाड्ने चिन्ता News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता

नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण

नेपाली सेनाद्वारा अछाममा मलामी विश्राम घर निर्माण
अ अ+ अ-

अछाम । अछामको कमलबजार नगरपालिका–३ मा पर्ने बेलखेतमा नेपाली सेनाले मलामीका लागि पक्की मलामी विश्राम घर निर्माण गरेको छ ।

नेपाली सेनाको यहाँ स्थित गोरख बक्स गणले अछाम र दैलेखको सिमानामा रहेको बेलखेतमा निर्माण गरेको मलामी विश्राम घरमा एक समारोहका बीच नगरपालिकालाई हस्तान्तरण गरेको छ । नेपाली सेनाको शीघ्र प्रभाव आयोजनाअन्तर्गत आवश्यकताको पहिचान गरि मलामी विश्राम घर निर्माण गरिएको गोरख बक्स गणका गणपति जनक सिलवालले जानकारी दिनुभयो ।

मलामी विश्राम घरसँगै पक्की पर्खाल, आधुनिक शौचालय र पिपल चौतारी निर्माणमा नेपाली सेनाको रु सात लाख ५० हजार र नगरपालिकाले निर्माण सामाग्री सहयोग गरेको छ । उक्त आयोजनाबाट छ वडा र पञ्चदेवल बिनायकका चार वडाका नागरिक लाभान्वित हुने कमलबजारका नगर प्रमुख यज्ञप्रसाद ढकालले बताउनुभयो ।

अहिले मलामी विश्राम घर निर्माण गरिएको र निकट भविष्यमा उक्त घरको दोस्रो तला थपेर क्रियापुत्री भवनका रुपमा विकास गरिने उहाँले बताउनुभयो । साथै कम समयमा सुविधा सम्पन्न मलामी विश्राम घर निर्माण गरेकामा नगरपालिकाका तर्फबाट गोरख बक्स गणलाई कदर पत्रसहित सम्मान गरिएको थियो ।

नेपाली सेनाले आफूलाई प्राप्त बजेटभित्र रहेर स्थानीय बासिन्दासँगको समन्वयमा आवश्यकतालाई पहिचान गरि महत्वपूर्ण आयोजना निर्माण गरेकामा प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले धन्यवाद दिनुभयो । घर निर्माण भएसँगै वर्षात र रातको समयमा मलामीलाई बस्न सजिलो हुने स्थानीयले बताएका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर कुँवरले नेपाली सेनाले विभिन्न बेला रचनात्मक तथा सामाजिक विकासमा सहकार्य गर्दै आएको भन्दै प्रसंशा गर्नुभयो । उहाँले सेनाले यहाँका नागरिकको समस्यालाई ध्यानमा राखेर महत्वपूर्ण कार्य गरेकाले सेना र नागरिकबीचको सम्बन्ध थप सुमधुर हुँदै जाने बताउनुभयो । रासस