• १० जेष्ठ २०८१, बिहीबार
  •      Thu May 23 2024
  •   Unicode
Logo
Latest
★   शान्तिका अग्रदूत गौतमबुद्धको त्याग, विचार र अभ्यास अनुकरणीय : प्रधानमन्त्री ★   उभौली आपसी सद्भाव र एकता सुदृढ बनाउने माध्यम : राष्ट्रपति ★   भूमेस्थानमा पूजा, आराधना गरी मनाइँदै उँभौली पर्व ★   अहिंसा नै शान्ति र मैत्रीको आधारशिला ★   आईपीएलः बैंगलोरलाई हराउँदै राजस्थान क्वालिफायर २ मा, फाइनल पुग्न हैदरावादसँग भिड्ने ★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ★   स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर ★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक

काठमाडौंमा तीन दिने जापानी खाना ‘उत्सव’ हुँदै



काठमाडौं । जापानी खाना र पिय पदार्थका पारखीलाई लक्षित गरी काठमाडौंमा तीन दिने ‘उत्सव’ हुने भएको छ।

र्याडिसन होटल परिसरस्थित होक्काइदो रेष्टुरेन्टले वैशाख २८, २९ र ३० गते (मे १०, ११ र १२ मा) हुने उत्सव गर्न लागेको हो।

तीन दिन साँझ ६ः३० देखि ९ः३० बजेसम्म सञ्चालन हुने जपानी खाना, पिय र संगीतको उत्सवमा काठमाडौंमा रहेका पारखीले फरक स्वाद लिन सक्ने सञ्चालक अर्जुन अधिकारीले जानकारी दिए। आयोजकले उत्सवलाई नेपालमा ‘इजाकायाको उत्कृष्ठ अनुभव अवसर’ भनेको छ।

‘इजाकाया’ जापानको परम्परागत र लोकप्रिय अभ्यास हो, जहाँ दिनभरको कामपछि मानिसहरु पिय र खानाका लागि जम्मा हुन्छन्। सञ्चालक अधिकारीले जपानको त्यही लोकप्रिय अभ्यास नेपालीबीच पु¥याउन र जापानी खानाको स्वाद, सुगन्ध र सजावटको आनन्द दिन उत्सव आयोजना गरिएको जानकारी दिए।

उत्सवमा खानाको परिकारअनुसार प्रति व्यक्ति ४४ सय, २७ सय र १७ सयको गरी तीन प्रकारका मेनु राखिएको छ।