१३ आश्विन २०८१, आईतवार
,
Latest
झ्याप्ले खोलामा पहिरो हटाइयो, ४८ घण्टापछि सडक दुईतर्फी खुल्यो बाढीपहिरो र डुबानमा परी देशभर एक सय ७० जनाको मृत्यु, ४२ जना अझै बेपत्ता सिधा कुरा प्रकरण: अदालतले मानहानी गरेको ठहर पछि प्रकाशक र सम्पादक जेल चलान बिपत्तिमा पनि उडान सुचारु गरेर यात्रुलाई सहज यात्राको अवसर दिऔ: चाइना साउदर्न सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाललाई २०२ रनको चुनौती



अ+ अ-

काठमाडौं । इंग्ल्यान्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीसामु २०२ रनको लक्ष्य प्रस्ततु गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज टस जितेर ब्याटिङ गर्दै एमसीसीले ३९ दशमलव २ ओभरमा सवै विकेट गुमाउदै २०१ रनको योगफल बनायो । एमसीसीका लागि विल रोड्स र बिली गोडलम्यानले अर्धशतक बनाए । रोड्सले ५४ रन तथा गोडलम्यानले ५२ रन बनाए । यस्तै विल भान्डरस्परले ३६, कोलुम ज्याकनले ११, एलेक्स थमसनले ११ तथा टम वेस्लेले १० रनको योगदान दिए ।

बलिङतर्फ नेपालका लागि पवन शर्राफ र ललित राजवंशीले चार÷ चार विकेट लिए । अविनाश बोहरा र करण केसीले एक÷एक विकेट लिए । नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ । नेपाल भ्रमणमा रहेको एमसीसीको यो दोस्रो खेल हो । आइतबार सम्पन्न पहिलो खेलमा एमसीसीले उन्नाइस वर्षमुनिको राष्ट्रिय क्रिकेट टोलीलाई ३८ रनले पराजित गरेको थियो ।