७ श्रावण २०८३, बिहीबार
,
Latest
निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान शैक्षिक परामर्श नियमावलीमा देखिएका त्रुटी सच्याउन सरकार तयार पाँच हजार अमेरिकी डलर बराबरको रकम भन्सार घोषणा नगरी ल्याउन पाइने पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा व्यवसायी शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश ‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीको अभिव्यक्तिपछि राष्ट्रियसभा अवरुद्ध, बैठक मंगलबारसम्मका लागि स्थगित



अ+ अ-

काठमाडाैँ । राष्ट्रियसभाको आजको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नै नगरी मङ्गलबारसम्मका लागि स्थगित भएको छ ।

राष्ट्रियसभाको आजको पहिलो बैठकमा आकस्मिक समय लिएर बोल्ने सांसदहरुले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिनु्भएको अभिव्यक्तिप्रति विमति जनाउँदै बैठक सञ्चालनमा व्यवधान गर्नुभएको थियो ।

त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो । दोस्रो बैठकमा पनि सांसदहरुले निरन्तर विरोध गरेपछि अध्यक्ष दाहालले भोलि जेठ १९ गते मङ्गलबार १ः१५ बजेसम्मका लागि बैठक स्थगन भएको घोषणा गर्नुभयो ।