२२ भाद्र २०८३, सोमबार
,
Latest
रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेस्की असुलीमा कडाइ गर्दै प्रदेश खेलकुद विकास बोर्ड



अ+ अ-

विराटनगर। कोशी प्रदेश खेलकुद विकास बोर्डले मातहतको कार्यालयलाई विभिन्न प्रयोजनमा पठाएको पेस्की खर्च नभएका अवस्थामा असुल गर्न थालेको छ ।

बोर्डले विभिन्न खेलकुद प्रतियोगिताका लागि छुट्याउने गरेको रकम जिल्लामा पठाउने गरेको तर खर्च नभएको रकम लामो समयसम्म फिर्ता नभएपछि पेस्की फछ्र्यौटमा कडाइ गरेको बोर्डका सदस्य सचिव विप्लब घोषले जानकारी दिनुभयो । उहाँले बोर्डमातहत खर्च हुने पैसाको ठूलो हिस्सा खेल प्रतियोगिता र खेलाडीका लागि भएकाले त्यस्तो रकम जिल्ला खेलकुद समितिले कुनै अन्य प्रयोजनमा प्रयोग गरे गैरकानुनी हुने भन्दै त्यसलाई रोक्न बोर्डले पहल गरेको स्पष्ट पार्नुभयो ।

बोर्डले २०८१ माघ १३ गते विभिन्न जिल्ला खेलकुद समितिलाई पठाएकोमध्ये खोटाङसँग असुलउपर गर्न बाँकी रु आठ लाख पेस्की असुल गरेको छ । जिल्ला खेलकुद विकास समिति खोटाङले असार ८ गते सामाजिक विकास मन्त्रालयको खातामा उक्त रकम फिर्ता गरेको सदस्य सचिव घोषले जानकारी दिनुभयो ।

त्यस्तै, बोर्डले जिल्ला खेलकुद विकास समिति तेह्रथुमका तत्कालीन अध्यक्ष राजेन्द्र बरालले हिनामिना गरेको रु २५ लाख बढी रकम असुल गर्नसमेत प्रक्रिया सुरु गरेको छ । अध्यक्ष बरालले समितिको कार्यालय प्रमुखको हस्ताक्षर कीर्ते गर्दै समितिको रु २५ लाख तेह्रथुम ‘डिस्ट्रिक्ट स्पोर्टस्’ विकास समितिका नाममा कृषि विकास बैंकमा खाता खोलेर हिनामिना गरेको आरोप छ ।

सदस्य सचिव घोषले बोर्डले तेह्रथुम खेलकुद विकास समितिको रकम असुल्न कानुनी कारबाही थालेकामा कानुनअनुसार अघि बढ्ने बताउनुभयो । सबै रकम असुल गरेर खेल र खेलाडीको हितमा प्रयोग गर्ने उहाँको भनाइ थियो । रासस




भर्खरै