२२ भाद्र २०८३, सोमबार
,
Latest
रुबियोद्वारा भोटेकोसी बाढीमा ज्यान गुमाएकाप्रति समवेदना, नेपाललाई थप सहयोगको आश्वासन विदुर नगरपालिकाद्वारा बाढी प्रभावितलाई कोठा भाडावापत प्रतिपरिवार रु १० हजार उपलब्ध नीलकण्ठ नगरपालिकाद्वारा मृतकका परिवारलाई आर्थिक सहयोग ज्वालामुखीको खरानीका कारण इण्डोनेसियाका मुख्य विमानस्थलहरू अस्थायी रूपमा बन्द एथेन्स एयर शोका क्रममा ग्रीक वायुसेनाको लडाकु विमान दुर्घटना, दुई पाइलटको मृत्यु म्यानमारद्वारा चालू आर्थिक वर्षको पाँच महिनामा २२ करोड ५० लाख डलर बराबरको मत्स्यजन्य उत्पादन निर्यात फिलिपिन्समा मनसुन र चक्रवातका कारण ४३ जनाको मृत्यु, अर्बौँको भौतिक क्षति दक्षिणी लेबनानमा इजरायली हवाई हमलाः ४ जनाको मृत्यु, २० घाइते चेपाङ समुदायले यसरी मनाउँदैछन् न्वागी पर्व सुदूरपश्चिममा अझै तीन दिन वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’



फाइल फोटो
अ+ अ-

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले रैथाने (स्थानीय) उत्पादन संरक्षण र प्रवर्द्धनका लागि आवश्यक कानुन निर्माण गरिने बताएकी छिन्।

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)का नेपाल प्रतिनिधि केन सिमिजुले आज गर्नुभएको शिष्टाचार भेटमा मन्त्री यादवले त्यससम्बन्धी कानुन तर्जुमाको पहल भइरहेको बताइन्।

भेटमा एफएओका नेपाल प्रतिनिधि केनले एसियाली क्षेत्रका सबै मुलुकमा ‘जिओग्राफिकल इन्डिकेसन’ (जिआई) प्रणाली लागू भइसकेको जानकारी गराएका थिए।

नेपाली रैथाने वस्तुको जिआई दर्ता नहुँदा त्यसको प्रत्यक्ष मार नेपालले खेप्नु परेको उल्लेख गर्दै उनले यसलाई रोक्न तत्काल प्रभावकारी कानुन बनाएर कार्यान्वयनमा लैजान जोड दिनुभएको उद्योगमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ। रासस




भर्खरै