१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीका दुई मन्त्रालयको वार्षिक प्रगति समीक्षा



अ+ अ-

गण्डकी। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले गत आवको प्रगति समीक्षासँगै चालु आवको कार्ययोजना तयारीलाई अगाडि बढाएका छन् ।

आज पोखरामा आयोजित दुवै मन्त्रालयको वार्षिक समीक्षा कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा योजना कार्यान्वयन गरी पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पूर्वाधार निर्माणको गुणस्तरमा पनि ध्यान दिन मन्त्रालय र सम्बद्ध निकायलाई आग्रह गर्नुभयो ।

गत आवमा ‘जेनजी’ आन्दोलन, निर्वाचनलगायत कारणले अपेक्षाअनुसार बजेट खर्च हुन नसकेको जनाउँदै मुख्यमन्त्री पाण्डेले योजना कार्यान्वयनमा गुणस्तर र प्रभावकारितालाई ख्याल गर्नुपर्ने बताउनुभयो । प्रदेश सरकारको राजश्व सङ्कलनमा सुधार आएकाले बजेट अभावका कारण विकास निर्माण प्रभावित नहुने उहाँको भनाइ छ ।

यातायात क्षेत्रको सेवा प्रवाह, व्यवस्थापन, सुशासन र राजस्व सङ्कलनलाई थप प्रभावकारी बनाउँदै नागरिकमैत्री सेवा विस्तार गर्न प्रदेश सरकारले विशेष ध्यान दिइएको मुख्यमन्त्रीले पाण्डेले बताउनुभयो । विकासको गति, गुणस्तर र सुशासनप्रति प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

खानेपानी र सिँचाइ नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यस क्षेत्रमा परिणाममुखी ढङ्गले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

‘एक घर, एक धारा’ कार्यक्रमलाई लक्ष्यमा पुर्‍याउन प्रदेश सरकार लागिपरेको मुख्यमन्त्री पाण्डेले बताउनुभयो । कार्यक्रममा दुवै मन्त्रालयले गत आवमा हासिल गरेका उपलब्धिको समीक्षासहित चालु आवको कार्ययोजना तयारीका विषयमा मन्त्रालयका पदाधिकारीसहितले छलफल गरेका छन् । रासस